काठमाडौं । लोक गायिका देविका केसीले गत वर्ष गएको विनाशकारी भूकम्पलाई सम्झिदै तीजको कोसेली बजारमा ल्याएकी छिन् ।
गायिका केसीले ‘तिम्रो मुटुमा केन्द्रविन्दु पारी ७ रेक्टर स्केलको भुईचाँलो गएजस्तै लाउने । तीजमा मैले किन्देउभन्दा महंगा महंगा सारी’ बोलको गीतलाई तीज कोसेली भन्दै बजारमा ल्याएकी हुन् ।
यो गीतले छोटो समयमै निकै चर्चा बटुलेको छ । स्वरमा केसीलाई सन्दिप न्यौपानेले साथ दिएका छन् । सन्दिप स्वयं मोडलिंगमा पनी देखिएका छन् ।
सामाजको यथार्थतालाई प्रस्तुत गर्न खोजेको तिलक वलीको शब्द सृजना र टुरिष्ट जंग विकको शब्द सृजना रहेको छ । गीतलाई अम्बिका म्युजिक प्रालिले बजारमा ल्याएको हो ।
रुपा खनाल र सन्दिप न्यौपानेको नृत्य रहेको गीतको भिडियो निर्देशन शंकर विसीले गरेका हुन् ।
















प्रतिक्रिया