काठमाडौं । नायिका रेखा थापा, केकी अधिकारी र ऋचा शर्माले डा गोविन्द केसीको अनसनमा समर्थन जनाउँदै माग पूरा गर्न सरकारसँग आग्रह गरेका छन् ।
शुक्रबार शिक्षण अस्पतालमा पुगेर तीनै नायिकाले डा. केसीको माग पूरा गर्न सरकारसँग एकस्वरमा आग्रह गरे ।
रेखाले भनेकी छिन्– आज तेर्हौ दिन हो आदरणिय डा गोविन्द केसी अनशन बस्नु भएको । शारिरिक रूपले कमजोर हुँदै गइरहनुभएको छ । यहाँ मान्छेलाई मरिएलाका भन्ने डर छ तर डा केसी सारा नेपालीको साझा स्वास्थ्यका खातिर जीवन गुमाउन तयार हुनुहुन्छ ।
यस्तोमा सरकारको तादरूकता देखिदैन् । केसी हाम्रा लागि लडिरहनु भएको छ । त्यसैले म नेपाल सरकार विशेषगरी प्रम केपी शर्मा ओलीज्यूद्वारा अर्थपूर्ण ध्यान दिइयोस ।
प्रमज्यू नाकावन्दीको समयमा धेरैले तपाई राष्ट्रवादी हुनुभएको भन्दै प्रशंसा गरे अब केसीजीले उठाउनुभएको माग पूरा गरेर जनवादी बन्नुहोस् ।
कारण हामी कम्नियूस्टहरूको चरित्र पनि यहि हो ।
हेर्नुस् भिडियोः
https://www.youtube.com/watch?v=gIn7X7jFr9g&feature=youtu.be
















प्रतिक्रिया