१ कार्तिक २०८३, आइतबार

प्रियंकाले पाँच करोडभन्दा कम पारिश्रमिक नलिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

priyanka-chopra-hotमुम्बई । बलिउड नायिका प्रियंका चोपडाको माग बढेसँगै उनको मूल्य पनि बढेको छ । प्रियंकाले फिल्म खेल्न आफ्नो पारिश्रमिक १२ करोड पुगाएकी छिन् ।

अब उनलाई १२ करोड ५० लाख तिर्नुपर्नेछ । यसअघि प्रियंकाले ५ करोड पारिश्रमिक लिने गरेकी थिइन् ।

‘गंगाजल’ र ‘बाजिराव मस्तानी’पछि प्रियंकाले कुनै बलिउड फिल्म गरेकी छैनन् । हलिउड फिल्म ‘बेबोच’को काम सकेपछि भारत फर्केकी प्रियंकालाई निकैनै अफरहरू आइरहेका छन् ।

निर्माता र निर्देशकहरूको अफरलाई प्रियंकाले कम प्राथमिकतामा राख्दै आएकी छिन् ।

उनीले अब मुख्य भूमिका रहेका फिल्म बाहेक अन्य फिल्ममा काम नगर्ने जनाएकी छिन् । ‘बाजीराव मस्तानी’बाट प्रियंकाले ५ करोड पारिश्रमिक लिएकी थिइन । – एजेन्सी