१ कार्तिक २०८३, आइतबार

टेलर स्वीफ्ट टप फाइभमा, शाहरुख र अक्षय धनीको सूचीमा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

taylor_swift_26-wideमुम्बई । बलिउड अभिनेता शाहरुख खान र अक्षय कुमार अत्याधिक कमाउने कलाकारको सूचीमा छन् । उनीहरू विश्वकै धनी कलाकारमा परेका छन् ।

अमेरिकाको फोबर्स पत्रिकाले सार्वजनिक गरेको २०१६ मा संसारका उत्कृष्ट एक सय सेलेब्रेटीको सूचीमा शाहरुख र अक्षयले आफ्नो नाम दर्ता गराउन सफल भएका हुन् ।

शाहरुख २ करोड ३० लाख अमेरिकी डलर कमाईसहित ८६औँ स्थानमा छन् । अक्षय कुमार भने ९४औँ स्थानमा छन् अक्षयको कमाई ३ करोड १५ लाख अमेरिकी डलर छ ।

सूचीमा हलिउड गायिका टेलर स्वीफ्ट, लेखक जेम्स पिटरसन, पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डो टप फाइभमा छन् । ज्याकी च्यान, हलिउड हीरो इवेन जोनसन, किम कार्दासियालगायत कमाइको हिसाबमा अग्रपंक्तिमा छन् । – एजेन्सी