२६ कार्तिक २०८३, बिहिबार

सप्तकोसीमा बाढीको बहाव बढ्दै, ३५ वटा ढोका खोलिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Koshi Barrageइटहरी, ८ साउन । पूर्वी पहाडी क्षेत्रमा केहीदिनदेखि अविरल वर्षा जारी रहेपछि सप्तकोसी नदीमा बाढीको बहाब पनि बढ्न थालेको कोसी ब्यारेज कन्ट्रोल कक्षका प्राविधिकले जानकारी दिएका छन् ।

शुक्रबार साँझ ७ बजे कोसी ब्यारेजमा दुई लाख २५ हजार ८१४ क्यूसेक पानीको बहाव मापन भएको छ । कोसी नदीमा बाढीको बहाव शुक्रबार बिहानदेखि नै निरन्तर बढिरहेकाले शुक्रबार साँझ ब्यारेजका २९ वटा ढोका खोलिएका छन् ।

सुनसरीको प्रहरी प्रमुख प्रहरी उपरीक्षक पोषराज पोख्रेलले सप्तकोसी बाढीको बहाबका विषयमा जानकारी दिँदै पहाडी क्षेत्रमा वर्षा रातीदेखि दिनभर जारी रहेकाले अझै सप्तकोसीमा बाढीको बहाव बढ्न सक्ने अनुमान गरिएको बताउनुभयो ।

यही साउन १ गते यो वर्षकै सबैभन्दा बढी दुई लाख ३५ हजार क्यूसेक प्रतिसेकेन्ड बाढी मापन भएको र त्यसदिन ब्यारेजका ५६ ढोकामध्ये ३५ ढोका खोलिएको पनि प्रहरी उपरीक्षक पोख्रेलले जानकारी दिनुभयो । ब्यारेजमा खतरा बढ्न सक्ने अनुमान गरिएको प्रहरीले बताएको छ ।रासस