काठमाडौं, ८ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुखमाथि महाअभियोग र संसदमा विचाराधीन स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक फिर्ता लगायत माग राखी १३ दिनदेखि अनसनरत डा.गोविन्द केसी र सरकारी वार्ता टोलीबीचको शुक्रवारको वार्ता पनि निष्कर्षविहीन भएको छ ।
डा केसीले अनसनका क्रममा बटमलाइन बनाएका प्रमुख मागमै सरकारी वार्ता टोली नकारात्मक रुपमा प्रस्तुत भएपछि शुक्रवार दिनभर भएको प्रयास निरर्थक भएको हो । नागरिक दैनिकले समाचार छापेको छ ।
औपचारिक रुपमा दुवै पक्षले वार्ता जारी रहेको प्रतिक्रिया दिए पनि वार्ताको सहमतिको सम्भावनाबाटै झन् टाढिएको दुवै पक्षको भनाई छ ।
सरकारी वार्ता टोलीले डा। केसीले उठाएका मागमध्ये सहकारीले चलाएको अस्पताललाई प्रतिष्ठानको स्वरुप दिने गरी आएको विधेयक फिर्ता लिनै नसक्ने अडान सरकारी वार्ता टोली देखिएको छ ।
सहमतिका लागि मध्यविन्दुका रुपमा डा। केसी पक्ष मनमोहन प्रतिष्ठानलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गत वा पूर्ण सरकारी स्वरुपमा ल्याउनेमा सकारात्मक देखिए पनि सरकारी पक्ष नकारात्मक देखिएको छ ।















प्रतिक्रिया