११ कार्तिक २०८३, बुधबार

नेपाली जनताविरुद्ध भारतको अर्को आक्रमण, सीमावर्ती भूमि डुबानमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hirmaniya Dubaकाठमाडौं, ८ साउन । अन्तर्राष्ट्रिय कानुनविपरीत भारतीय पक्षले दसगजा नजिकै एकतर्फी रुपमा बनाएको बाँध तथा उच्च सडकका कारण नेपालका रुपन्देही र कपिलबस्तुको सीमावर्ती भूमि डुबानमा परेको छ ।

सीमानजिकै भारतले बनाएको बाँध तथा सडकले पानी रोकिँदा नेपालतर्फको हजारौं हेक्टर भूमि जलमग्न भएको हो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

भारतले सीमा सडक निर्माण योजना अन्तर्गत विगत १५ वर्षदेखि दसगजा नजिकै सडक विस्तार गर्दै सडक उच्च र पक्की बनाई पानी निकास रोकिँदा डुबानको समस्या आएको डुवान प्रभावित क्षेत्रका स्थानीय मोहम्मद फारुद खाँले गुनासो गरे ।

बाँधेको फाँटक पूर्णरुपमा नखोल्दा सडकमा राखिएका कल्भर्ट सानो र जमिनदेखि चारफुट माथि राख्दा सीमावर्ती हजारौं खेतीयोग्य जीवन डुबानमा पर्दा धान रोपाइँ गर्नबाट बञ्चित भएको नेपाल किसान संघका केन्द्रीय सदस्य चतुर्भूजमणि त्रिपाठीले जानकारी दिए ।