काठमाडौं, ७ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्यवस्थापिका संसदमा अविश्वासको प्रस्ताव पेस गरेका छन् ।
उनले राष्ट्रिय एकता र सहमतिका लागि वर्तमान सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याएको स्पष्ट पारे ।
अविश्वासको प्रस्तावमा आजैदेखि छलफल सुरु भएको छ । साउन ७, ८ र ९ गते गरी तीन दिनसम्म अविश्वासको प्रस्तावमा छलफल हुने सभामुख ओनसरी घर्तीले घोषणा गरेकी छिन् ।













प्रतिक्रिया