२ कार्तिक २०८३, सोमबार

रत्न राजमार्ग अन्तर्गतको फोर-लेन सडकको थप सर्भे

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sadakसुर्खेत, ७ साउन । लामो समयको प्रतिक्षापछि शुरु भएको सुर्खेतको रत्न राजमार्ग अन्तर्गतको वीरेन्द्रनगर जोड्ने सडक फोर-लेन (चार लाइन) बनाउने कामको थप सर्भे गरिएको छ ।

कर्मचारी सञ्चय कोषदेखि रेडियो नेपाल क्षेत्रीय प्रशारण केन्द्रसम्मको ३३ सय मिटरसम्मको सडक निर्माणका लागि सर्भे गरिएको हो ।

धुलियाविटदेखि कर्मचारी सञ्चयकोषसम्मको फोर-लेन सडकको काम यसअघि नै शुरु भैइसकेको छ । बाँकी फोर-लेन सडक विस्तार गर्न स्वच्छन्द श्याम एण्ड शंकर जेवी निर्माण कम्पनी वीननपा–१८ ले थप सर्भे गरेको हो । थप सडक विस्तारका लागि सडक डिभिजन कार्यालयसँग निर्माण कम्पनीले असार–२७ गते सम्झौता गरेको हो । निर्माण कम्पनीका प्रमुख पदम खड्काका अनुसार सर्भे गरिएको फोर-लेन सडक निर्माणका लागि भ्याट सहित १६ करोड २२ लाख रुपैयाँमा सम्झौता भएको छ । २०७५ असार मसान्तमा सम्पन्न गर्ने गरी भएको सम्झौता अनुसार काम गर्न सडक छेउ-छाउमा रहेका विद्युतका पोल, खानेपानीको पाईपलाईन, टेलिफोन लाईन बाधक भएको प्रमुख खड्काले बताए ।

सडकको विस्तारको काम शुरु हुन पहिल्यै सडकको क्षेत्रभित्र पर्ने रुख, तारजाली र पाईप लाईनलाई हटाउनु पर्ने हुन्छ । सडकको निर्माण कार्य शुरु गर्दा हुने क्षतीका बारेमा सम्बन्धित क्षेत्रमा निवेदन दिईसकेको कम्पनीले जनाएको छ । उनले भने, ‘हामीले काम थालिसकेका छौं, सडक निर्माणका क्रममा क्षेती हुने रुख र अन्य बाधकहरु हटाउन सम्बन्धित निकायको समयमै ध्यान गए सम्झौता गरिएको मितिमै सडक विस्तारको काम सम्पन्न हुने निर्माण कम्पनीले बताएको छ । सम्झौता अनुसार कर्मचारी सञ्चय कोषदेखि रेडियो नेपालको आसपाससम्म २ बर्षभित्र फोल-लेन निर्माण गर्नुपर्ने छ ।

खानेपानी तथा विधुत र ईन्टरनेटको लाईन विस्तार गर्दा सडक डिभिजनसँग स्वीकृति लिनुपर्ने भएपनि यसो नगर्ने प्रवृत्तिका कारण समस्या हुने गरेको सडक डिभिजन कार्यालय सुर्खेतले जनाएको छ ।

यसभन्दा पहिले ठेक्का लिएको भरतपूर चितवनको आषिश निर्माण सेवाले धुलियाविटदेखि कर्मचारी सञ्चयकोष सम्मको ३४ सय मिटर फोर–लेन सडक विस्तारकोे पहिलो चरणको कामलाई तिव्र पारेको छ । कम्पनीले २०७२ असार २४ गते गरेको सम्झौता अनुसार ०७३ असारमा निर्माण सम्पन्न गरिसक्नु पर्ने छ । नाकाबन्दीका कारण निर्माण कार्य प्रभावित भएपनि सम्झौता अनुसार निर्माण सम्पन्न गर्ने प्रयत्नमा आषिश निर्माण कम्पनी लागेको बताइएको छ ।

निर्माण कम्पनी देशकै उत्कृष्ट कम्पनी भएकोले तोकिएकै समयमा सडक विस्तारको काम गुणस्तरीय रुपमा सम्पन्न हुने विश्वास लिइएको डिभिजन कार्यालयले जनाएको छ । १४ करोड ३५ लाखमा ठेक्का लिएको उक्त कम्पनीले हालसम्म ३ करोडको भुक्तानी लिइसकेको छ । डिभिजन कार्यालयका सव–ईन्जिनियर रेशम ओलीका अनुसार २५ प्रतिशत निर्माणको काम सम्पन्न भइसकेको छ । पहिलो चरणमा ३३ सय मिटर र दास्रोे चरणको ३४ सय मिटर सडक बनेपछि रत्न राजमार्ग अन्तरगतको ६७ सय मिटर सडक फोर–लेन हुनेछ ।