२६ कार्तिक २०८३, बिहिबार

प्रधानमन्त्री ओली आज संसद भवन नजाने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oli

– विमल योगी

काठमाडौं, ७ साउन । प्रधानमन्त्री केपी शर्मा ओली व्यवस्थापिका संसदको आज बस्ने बैठकमा सहभागी नहुने भएका छन् ।

कांग्रेस र माओवादीले आफ्नो अडान यथावत राख्दै संसद बैठक सूचारु गर्न सभामुखलाई दबाब दिएपछि अहिले २ बजेपछि बस्न लागेको बैठकमा प्रधानमन्त्री ओली सहभागी नहुने स्रोतले जनायो ।

बैठकमा नेकपा एमालेले पहिला बजेट आश्रित विधेयक कार्यसूचीमा राख्नुपर्ने अडान राखेको छ । आश्रित विधेयक पन्छाएर संसदमा पहिला अविश्वास प्रस्तावमाथि छलफल गर्न खोजे मान्य नहुने चेतावनी दिँदै एमालेले अविश्वास प्रस्तावमाथि छलफल भए संसद अबरुद्ध गर्ने तयारी  गरेको छ।

एमालेले संसदमा आफ्ना सांसदहरुलाई तयारी अवस्थामा रहन निर्देशन पनि दिइसकेको छ । अधिकांश सांसद संसद भवन पुगिसकेका छन् ।

यतिबेला आफ्नै पार्टीका सांसदले संसद अवरुद्ध गर्ने अवस्था आउने देखेपछि प्रम ओली संसद नजाने निर्णयमा पुगेको स्रोतले बतायो ।

यसैबीच सहमति खोज्न सभामुखले बोलाएको शीर्ष नेताहरुको बैठकमा पनी प्रम ओलीले संसदीय दलका उपनेता सुवास नेम्वाङलाई पठाएका छन् । नेम्वाङले नै संसदमा प्रधानमन्त्रीका तर्फबाट बोल्नेछन् ।