काठमाडौं, ७ साउन । पुनरावदेन अदालत बार एसोसिएसन पाटनमा प्रगतिशिल तथा पेशागत कानून व्यवसायी संगठन अगाडि देखिएको छ ।
साउन ८ गते शनिबार निर्वाचनको पूर्वसन्ध्यामा कानुन व्यवसायीहरुले प्रगतिशिल समूह अगाडि देखिएको बताएका हुन् । कानून व्यवसायी एवं प्रगतिशिल तथा पेशागत कानून व्यवसायी संगठनका निर्वाचन परिचालन कमिटी संयोजक सानुराज पोखरेलले चुनावमा प्रगतिशिल समूहले बहुमत ल्याउने दाबी गरे ।
‘चुनावमा कुल २ हजार ४९२ मतदाता छन् । त्यसमध्ये १७ सयसम्म हाम्रो पक्षमा आउँछ । अन्य हरु ४ सय जति अरु सबै समूहमा बाँडिन्छ,’ जित्ने आधार के छ भन्ने प्रश्नमा उनले अगाडि भने–‘पुनरावेदन अदालत सबैभन्दा बढी एमाले समर्थित वकिल भएको बार एसोसिएसन हो । अहिलेसम्म हाम्रै वर्चश्व रहिआएको छ । यसपाली पनि पुरै बहुमत आउँछ ।’
पुनरावेदन बार एसोसिएसनमा चुनाव जितेपछि प्रगतिशील समूहले पहिलो काम के गर्छ भन्ने प्रश्नमा निर्वाचन परिचालन कमिटी संयोजक पोखरेलले यो नियमित रुपमा हुने प्रक्रिया भएको र पुरानो समितिले गरिरहेका कामलाई निरन्तरता दिने बताए । उनले भने– ‘मुद्दाहरु बढी भन्दा बढी फस्र्र्यौट गर्न अदालतलाई जोड दिन्छौं । अनियमित कामहरु रोक्छौं । बेञ्च र बारका बीचमा सुमधुर सम्बन्ध स्थापित गर्छाैं । छिटो न्याय दिनुपर्छ भनेर अदालतलाई सजग गराउछौं ।’
निर्वाचनमा शनिबार विहान ९ बजेदेखि मतदान सुरु हुने उनले जानकारी दिए ।
प्रगतिशील समूहबाट को–को छन् उम्मेदवार ?
निर्वाचन परिचालन कमिटीको संयोजक पोखरेलका अनुसार प्रगतिशिल तथा पेशागत कानून व्यवसायी संगठनका तर्फबाट अध्यक्षका उम्मेदवार मेजर थापाले प्यानलको नेतृत्व गरेका छन् । प्यानलको उपाध्यक्षमा जीवन्तराजा निरौला, सचिवमा ताराकुमार श्रेष्ठ, सहसचिवमा सिर्जना कँडेल, कोषाध्यक्षमा गणेश दाहालले उम्मेदवारी दिएका छन् ।
त्यसैगरी १२ जना सदस्यका लागि बबिता कार्की, सुधा रिजाल, सुदर्शन थपलिया, सिताराम राउत, राजीव पोखरेल, सुरेन्द्र कुवर, विदुर खड्का, गोपाल प्रसाद भण्डारी, श्रीराज कोइराला, धिरेन्द्र रावल, मकुन्द प्रसाद भट्टराई, टिकाबहादुर कुँवर, योगिता राई र ईश्वरी महर्जनले प्रगतिशील प्यानलका तर्फबाट उम्मेदवारी दिएका छन् ।
बागी उम्मेदवारको प्यानल सहमतिमा फर्किँदै
प्रगतिशिल तथा पेशागत कानून व्यवसायी संगठनमा प्यानलै बनाएर बागी उम्मेदवार शान्तिराम खतिवडा प्यानल सहमति आउने निश्चित भएको छ ।
खतिवडा बागी उम्मेदवारी फिर्ता लिने निर्णयमा पुगिसकेको र प्यानलका अन्य सदस्यहरुसँग छलफल गरी उम्मेदवारी फिर्ता लिने सबैलाई मिलाएर फिर्ता लिने निर्वाचन परिचालन कमिटीको संयोजक पोखरेल बताउँछन् । उनले भने– ‘उम्मेदवारी फिर्ता लिने सहमति भइसक्यो । आजै राति विज्ञप्ति निकालेर जानकारी गराउँछौं ।’













प्रतिक्रिया