१ कार्तिक २०८३, आइतबार

गायिका क्रिस्टिना ग्रिमीको हत्या

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kristina grimiलसएञ्जलस । अमेरिकाकी प्रसिद्ध गायिका क्रिस्टिना ग्रिमीको गोली हानी हत्या भएको छ । शनिबार अमेरिकाको ओरलैन्डमा एक भव्य कन्सर्टमा गीत गाइसकेपछि उनलाई गोली हानेर हत्या गरिएको हो ।

२२ वर्षीय उनी कन्सर्टमा परफर्मेन्सपछि फ्यानहरूलाई अटोग्राफ दिइरहेकी थिइन् । त्यसबखत उनलाई एक अपरिचित व्यक्तिले अन्धाधुन्ध गोली हानेका थिए ।

शरीरसहित टाउकोमा गोली लागि गम्भीर भएकी उनलाई तत्कालै अस्पताल पुगाइए पनि बचाउन नसकिएको चिकित्सकले बताएका छन् ।

गोली हान्ने व्यक्तिलाई पक्राउ गर्न खोजे पनि आफैलाई गोली हानेको बताइएको छ । उनको भने घटनास्थलमै निधन भएको थियो । – एजेन्सी