१ कार्तिक २०८३, आइतबार

‘तीजका गीत सबै भड्किला छैनन्, राम्रा पनि छन्’

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bindu Pariyar Singers– विन्दु परियार, गायिका

हिन्दू नारीले विशेष महत्व र आस्थाका साथ मनाउने तीज पर्व आउन थोरै हप्ता मात्रै बाँकी छ । तीजका गीतहरू रेडियो, टिभी र सामाजिक सञ्जालहरूमा बाक्लै बज्न थालेका छन् । गीतहरूको बजार र माग कस्तो छ भनेर गायिका विन्दु परियारसँग हाम्रा सहकर्मी विमल योगीले गर्नुभएको कुराकानी :

० तीज गीतको बजार कस्तो छ ?

– आर्थिक हिसावले धेरै राम्रो नहुन सक्छ । तर तीज गीतको मागमा कुनै कमी छैन । तीज गीत सुन्ने स्रोत र दर्शकमा कमी छैन । गीतहरू धमाधम रेकर्ड भइरहेका छन् । भिडियो पनि बनिरहेका छन् । बजारमा आइरहेका छन् ।

० तीज गीतहरू भड्किला हुन्छन् किन होला ?

– सबै गीत तपाईले भने जस्ता छैनन् । अपवादलाई छाडेर तीजका गीतहरू राम्रा छन् । मौलिक पनि छन् । सबैलाई एउटै घानमा राख्नु उचित हुँदैन ।

० तपाईले तीज गीत गाउनु भएको छ ?

– गएको छु । यो सालका लागि अहिलेसम्म दुई वटा तीज गीत गाएकी छु । भिडियो पनि आइसकेको छ ।

० कस्ता छन् तीज गीतहरू ?

– सबैलाई मन पर्ने खालका गीतहरू गाएकी छु । हाम्रै गाउँपाखामा गाइने गीतहरूलाई नै गाएको हुँ । गीतहरू राम्रा छन् । भड्किला भने छैनन् ।

० यसपालिका तीज गीतहरू को–कोसँग गाउनु भएको छ ?

– विपिन आचार्य र मोहित मुनालसँग गीत गाएको छु । दुबै गायकसँग राम्रो भएको छ ।

० तीजको गीत त गाउनु भएको रहेछ अहिले अरु गीतहरू गाउनु भएको छ कि छैन ?

– गाउने गरेको छु । लोकादोहोरी, आधुनिक तथा फिल्मका गीतहरूमा स्वर दिइएकी छु ।

० तीज गीतबाट सन्तुष्टि मिल्छ कि मिल्दैन ?

– राम्रो गीत गाउनु मेरो दायित्व र कर्तव्य हो । गीतहरूमा मेरो कर्तव्य निभाएको छु । गीत मन पराउने वा नपराउने स्रोताको कुरा हो । म सबै प्रकारका गीत गाउने गरेको छु । भरखरै पनि एउटा नयाँ फिल्मको गीतमा पाश्र्व गायिकाको रुपमा गाएकी छु ।

० त्यसो भए तपाइले अरु फिल्महरूमा पनि गाउनु भएको होला है ?

– गाएको छु नि । काली, अप्रिल फूललगायतका एक दर्जन बढी फिल्ममा स्वर दिएको छु ।

० तपाईलाई मन पर्ने कुनै नेपाली गायक/गायिका छन् ?

– छन् । नयाँमा शिव परियार, अञ्जु पन्तलगायतका कलाकार मन पर्छन् । अरु पनि छन् । पुराना सबै कलाकारहरू मन पर्छ ।

० तपाईलाई प्रभाव पर्ने कुनै कलाकार छ ?

– छ । अरुणा लामा, तारादेवीको स्वर मन पर्छ । उहाँहरूको जस्तै राम्रो काम गर्न पाए हुन्थ्यो भन्ने लाग्छ ।

० गायिका बन्ने प्रेरणा कसले दियो ?

– आमाले मलाई गायिका बन्न प्रेरणा दिनु हुन्थ्यो । उहाँकै प्रेरणाले यहाँसम्म आएकी हुँ ।

० गीतसंगीतसम्बन्धी औपचारिक शिक्षा लिनु भएको छ ?

– लिएको छु । अहिले पनि लिँदैछु । चण्डीप्रसाद काफ्ले गुरुसँग संगीत सिकिरहेकी छु ।

० तपाईलाई अहिले कसैको सहयोग छ कि छैन ?

– छ नि । मेरो श्रीमान्को भरपुर सहयोग छ । उहाँ एरेञ्जर पनि हो । गीतसंगीतकै क्षेत्रमा रहेकाले श्रीमान्को सहयोग भएको हो । अहिले उहाँले प्रेरणा दिने गर्नु हुन्छ ।

० नेपालका रेकर्डिङ स्टुडियोहरू खासै राम्रा छैनन् भन्छन् नि ?

bindu pariyar a– अहिले राम्रो स्टुडियोहरू स्थापना भएका छन् । प्रतिस्पर्धाले गर्दा स्टुडियोहरू राम्रा छन् । अन्तर्राष्ट्रियस्तरका गीतहरू पनि रेकर्ड गर्न सकिने स्टुडियो छन् ।

० नेपालका रेकर्डिङ स्टुडियोहरू कुनै मन पर्छ ?

– सबै स्टुडियो राम्रा छन् । प्रविधिको हिसावले कुनै–कुनै थोरबहुत तलमाथि होलान् । सबैमा राम्रो काम उत्पादन हुने गरेको पाएकी छु ।

० संगीतकारहरू मन पर्ने कुनै छन् ?

– छन् । अहिले चलेका सबै संगीतकार राम्रो लाग्छ । नाम त भन्न गाह्रो छ । पुराना संगीतकारहरू पनि राम्रा छन् ।

० महोत्सवहरूमा गीत गाउन जानु भएको छ ?

– बोलाएको स्थानमा जाने गरेकी छु । गएकी पनि छु । मेला र महोत्वसहरूमा निम्तो आउने गरेको छ । आएको स्थानमा सकेसम्म छाड्ने गरेको छैन ।

० विदेशका कार्यक्रमहरूमा जानु भएको छ ?

– अहिलेसम्म विदेशका कार्यक्रमहरूमा गएको छैन । जाने कुराकानी चलिरहेको छ । सायद छिट्टै जान्छु होला ।

० विवाह कहिले भएको हो नि ?

– ०७१ सालमा भएको हो ।

० मागी बिहे हो कि लभम्यारिज ?

– लभम्यारिज हो ।

० संगीत गर्ने मन लाग्छ कि लाग्दै ?

– अहिले म गायिकामै ठीक छु । संगीत गर्नेतिर सोँचेकी छैन । पछि हेरौँ के हुन्छ ।

० फिल्म हेर्ने गर्नुभएको छ ?

– हेर्ने गरेकी छु ।

० पछिल्लो कुन फिल्म हेर्नु भएको हो ?

– नेपाली फिल्म ‘प्रेम गीत’ हेरेकी थिएँ । फिल्म राम्रो लाग्यो ।

० घरमा रहँदा गीत सुन्नु हुन्छ कि सुन्नु हुन्न ?

– सुन्ने गरेको छु । सबै प्रकारका गीत सुन्छु ।

० गीतमा तपाईलाई मन पर्ने विधा कुन हो ?

– मलाई धेरै मन पर्ने शास्त्रीय संगीत हो । एउटा गायिका भएर यो वा त्यो भन्नुभन्दा सबै विधामा दख्ल राख्नु पर्छ ।