काठमाडौं, ७ साउन । नेपाली कांग्रेसले नयाँ सरकारमा सहभागिताका विषयमा मधेसी मोर्चासँग पनि परामर्श गर्दैछ ।
अहिले केही समयपछि सिंहदरबारमा हुने छलफलमा कांग्रेसले मधेसी मोर्चालाई सरकारमा सहभागी हुन आग्रह गर्ने नेताहरूले बताएका छन् । कांग्रेसले नयाँ सरकारका विषयमा छलफल गर्न मधेसी मोर्चालाई बोलाएको छ ।
मधेसी मोर्चाले आफ्ना मागका विषयमा कांग्रेस र माओवादी केन्द्रले प्रतिवद्धता जनाए अविश्वास प्रस्तावको पक्षमा मतदान गर्नुका साथै नयाँ सरकार बनाउन सहयोग गर्ने जनाउँदै आएको छ ।
मधेसी मोर्चाले आफ्ना माग पूरा नहुँदासम्म सरकारमा सहभागी नहुने उल्लेख गर्दै आएको छ । तर, कांग्रेस र माओवादी केन्द्रले जसरी पनि मधेसी मोर्चालाई सरकारमा सहभागी गराउने जनाउँदै आएका छन् ।












प्रतिक्रिया