२६ कार्तिक २०८३, बिहिबार

प्याकेजमा सहमति खोज्न तीन दलवीच परामर्श हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

3 dal ra savamukhaकाठमाडौं, ७ साउन । सहमतिको प्रयास स्वरुप प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रले शीर्ष तहमा छलफल गर्ने भएका छन् ।

अविश्वास प्रस्ताव र बजेटका विषयमा सहमति खोज्न आज हुने भनिएको छलफलका लागि तयारी अवस्थामा रहेको नेताहरूले बताएका छन् । एमालेका मुख्य सचेतक भानुभक्त ढकालले भन्नुभयो, ‘हामी पार्टीको आन्तरिक कार्यक्रममा छौँ । दिउँसो दुई बजेट संसद बैठक छ । बैठक अगाडि सहमतिको प्रयास खोजिनेछ ।’

बिहीबारको सहमति अनुसार कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूवीच आजको बैठकबाट प्याकेजमा सहमति खोज्ने जनाइएको थियो ।

कांग्रेस र माओवादी केन्द्रले अविश्वासको प्रस्ताव कार्यसूचीमा पहिले राखेर जानुपर्ने बताएका छन् । एमालेले त्यसको विरोधमा पहिला बजेट पारित गर्नुपर्ने उल्लेख गर्दै आएको छ ।

तीन दलवीच यही विषयमा कुरा नमिल्दा बिहीबारको शीर्ष बैठक र संसद बैठक आजसम्मका लागि स्थगित गरिएको थियो ।