रामचन्द्र पौडेलको प्रस्तावको अर्थ
१. दलीय सहमति : संसद्सम्म कि सरकार गठनसम्म ?
तीन दलको बैठकमा कांग्रेस नेता रामचन्द्र पौडेलले राखेको सहमतिको प्रस्तावले नयाा तरंग ल्याएको छ । संसद्मा अहिले अड्किएको गााठो फुकाउन मात्रै उनले प्रस्ताव राखेका हुन् वा सहमतिसागै नयाा सरकार गठनको पहल पनि नयाा सिराबाट गर्ने हो भन्नेमा आआफ्नै अनुमान छन् । कांग्रेस नेताहरूका अनुसार पौडेलको प्रस्ताव संसद् सुचारु गर्ने प्रयोजनका लागि मात्र हो । बजेटको आश्रित विधेयक पहिले कि अविश्वास प्रस्ताव पहिले भन्ने विवाद टुंग्याउन दुवै विषयलाई एकैदिन एकैपटक टुंग्याउन मात्र उनले यो बीचको बाटो अपनाएका हुन् भन्ने उनीहरूको भनाइ छ । तर, पौडेलको प्रस्ताव बजेटको आश्रित विधेयक पारित गर्ने, अविश्वास प्रस्ताव फिर्ता लिने र प्रधानमन्त्री ओलीले राजीनामा दिने मात्र होइन, नयाँ सरकारको निर्वाचन प्रक्रिया पनि एकसाथ अगाडि बढाउनेसम्मको छ । प्याकेज सहमतिअनुसार सरकार गठन र संविधान कार्यान्वयनमा एमालेले पनि सहयोग गर्नुपर्ने भनेर पौडेलले एमालेलाई पनि मन्त्रिपरिषद्मा ल्याउने बाटो बनाउन खोजेका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
२. कांग्रेस–माओवादी सहमति रहन्छ कि नयाँ बन्छ ?
कांग्रेसमा माओवादीलाई सरकारको नेतृत्व गर्न दिने विषयमा पार्टीमा छलफल नगरिएको भन्दै नेता रामचन्द्र पौडेल असन्तुष्ट थिए । प्रधानमन्त्री बन्नका लागि आफूलाई ओलीले प्रस्ताव गरेको भनेर एक साताअघि नै सार्वजनिक गरेका पौडेलले नै विकल्प प्रस्तुत गरेकाले अनेक अनुमान गरिएको छ । तर, पौडेलनिकटका नेता मधु आचार्यले भने यसअघि कांग्रेस र माओवादीबीच भएको सहमतिलाई फेर्ने मनसायले पौडेलले प्रस्ताव नल्याए पनि राष्ट्रिय सहमति भए नयाा विकल्पमा जान सकिने बताए । ‘पार्टीले जे निर्णय गरेको छ त्योभन्दा अन्यथाको विकल्पमा तत्काल पौडेलजी पुगिसक्नुभएको छैन । कांग्रेसको हितमा पनि हुने र सहमतिको सरकार बन्ने र अरू दल पनि तयार भए भने कांग्रेसले अहिले बनाइरहेको धारणामा पुनर्विचार गर्न सक्ला,’ आचार्यले नयाा पत्रिकासाग भने । पार्टी निर्णय पनि पूरा हुने र दलबीच सहमतिको वातावरण पनि नबिथोलिने र तिक्तता नबढ्नेगरी पौडेलको प्रस्ताव आएको उनी बताउाछन् ।
३. पौडेलको प्रस्तावमा देउवाको मत के छ ?
कांग्रेस नेताहरूका अनुसार पौडेलले देउवासागको सहमतिमा नयाा प्रस्ताव ल्याएका हुन् । त्यसैले एमालेले समर्थन गरेको अवस्थामा रामचन्द्र पौडेल अथवा शेरबहादुर देउवा आफौ नै प्रधानमन्त्री हुनसक्छन् र नयाा समीकरण बन्न सक्छ भन्ने अनुमान पनि छ । तर, कांग्रेस नेता कृष्ण सिटौलाले भने यो सम्भावनालाई तत्काल खारेज गरे । उनले भने, ‘बजेटआश्रित विधेयक, अविश्वास प्रस्ताव फिर्ता, प्रधानमन्त्रीको राजीनामा र नयाँ प्रधानमन्त्रीको निर्वाचनमा जान मात्र विकल्प ल्याइएको हो । माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमतिबाट दायााबायाा हुादैन ।’ त्यस्तै, देउवाका सहयोगी डा. प्रकाशशरण महतले पनि माओवादीसागको सहमतिबाट कांग्रेस फिर्ता नहुने बताए । उनले नयाा पत्रिकासाग भने, ‘अहिलेको चार विकल्प प्रक्रियाका लागि मात्रै हो । सरकार गठन गर्न भइसकेको सहमति भत्काउन भने होइन । हामीले प्रचण्डजीलाई प्रधानमन्त्री बनाउने भनेर बोलिसकेका छौा, त्योभन्दा दायााबायाा हुादैन । समझदारी भइसकेपछि छिनछिनमा कुरा बदल्ने गरी कांग्रेस अघि बढ्दैन । कांग्रेसको तर्फबाट माओवादी अध्यक्ष प्रचण्डजी नै प्रधानमन्त्रीको उम्मेदवार हो ।
यस्ता छन् पौडेलका चार प्रस्ताव
१. बजेटआश्रित विधेयक पारित गराउने संसद्मा १५ जेठमा आर्थिक वर्ष ०७३/७४ को बजेट पेस भएको थियो । विनियोजन विधेयक सदनबाट पारित भएको छ । बजेटआश्रित राष्ट्र ऋण उठाउने विधेयक, ऋण तथा जमानत विधेयक र आर्थिक विधेयक सदनबाट पारित हुन बााकी छ । यी तीन विधेयक पहिलो चरणमा पारित गराउने प्रस्ताव छ ।
२. अविश्वास प्रस्ताव फिर्ता लिने दोस्रो चरणमा प्रधानमन्त्री केपी ओलीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिने विकल्प छ । कांग्रेस, माओवादी केन्द्र र नेकपा संयुक्तले संसद्मा २९ असारमा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।
३. प्रधानमन्त्रीले तत्काल राजीनामा दिने बजेटआश्रित विधेयक पारित र अविश्वास प्रस्ताव फिर्ता भएपछि तेस्रो चरणमा अल्पमतमा परिसकेका प्रधानमन्त्री केपी ओलीले राजीनामा दिने प्रस्ताव गरिएको छ ।
४. नयाँ सरकार गठन प्रक्रिया सुरु गर्ने प्रधानमन्त्री ओलीले राजीनामा दिएसँगै नयाँ सरकारको निर्वाचन प्रक्रिया पनि एकसाथ अगाडि बढाउने प्रस्ताव छ । प्याकेज सहमतिअनुसार सरकार गठन र संविधान कार्यान्वयनमा एमालेले पनि सहयोग गर्नुपर्ने पौडेलको प्रस्ताव छ ।
















प्रतिक्रिया