१० कार्तिक २०८३, मंगलबार

महिलालाई फेसबुकबाट यसरी गरिन्छ ठगी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

facebook girlकाठमाडौं, ७ साउन । प्रहरीले सामाजिक सञ्जाल फेसबुकमार्फत विदेश रोजगारमा रहेका दुई युवतीलाई नेपाल बोलाएर ठगी गर्नेलाई पक्रेको छ ।

महानगरीय अपराध महाशाखाले खाडी देश लेबनन र विकसित साइप्रसमा रहेका दुई युवतीलाई नेपाल बोलाई ठग्ने सिन्धुपाल्चोकका जेभी भनिने तुलबहादुर तामाङलाई पक्रेको हो । नागरिक दैनिकले समाचार छापेको छ ।

उनले लेबननमा रहेकी सृजना दोङबाट ९ लाख र साइप्रसमा रहेकी कुसुम लामाबाट ९ लाख रुपैयाँ ठगेका थिए ।

महाशाखाका अनुसार ठगीको मुख्य साधन सामाजिक सञ्जाल फेसबुकलाई बनाएर तुलबहादुरले ३१ लाख ठगी गरेको जाहेरी परेको छ ।

जेभी नामको फेसबुक आइडी भएका तुलबहादुरले आफू अमेरिकाको स्थायी बसोबास पाएका पीआरधारी भएको भन्दै लेबननमा रहेकी युवतीलाई नेपाल बोलाएर गठी गरेका थिए ।

उनले सृजनालाई विवाहको आश्वासन दिएर उनकै भाई सन्जय दोङ र मिम लामाबाट थप १३ लाख गठी गर्न सफल भए ।

हालसम्म चार व्यक्तिबाट ३१ लाख रुपैयाँ तुलबहादुरले ठगी गरेको खुलेको छ ।