१ कार्तिक २०८३, आइतबार

समाजको यथार्थ कुरा, सुखदुःख र मायाँप्रेम नै लोकगीत होः गायक तिलक परियार

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tilak-pariyarरुकुम । रुकुम जिल्लाको गरायला गा.वि.स. वडा नं. ३ मसारी मा बुवा काली बहादुर परियार र आमा मुवा देवी परियार को कोख बाट वि. सं. २०४५ साल जेष्ठ २० गतेका दिन तेस्रो सन्तानका रुपमा जन्मिएका हुन् गायक तिलक परियार ।
गाउँको सामान्य परिवारमा जन्मिएर गाउँघरमा उकाली ओराली, घाँस दाउरा अनि मेलापात गर्दै हुर्केका गायक तिलक परियार अहिले काठमाडौंलाई आफ्नो कर्मथलो बनाएर गायन क्षेत्रमा निरन्तर रुपमा लागिरहेका छन् । समाजको यथार्थ कुरा, सुःख–दुःख, मायाँ प्रीति आदिलाई आधार मानेर रचना गरिएका गीतलाई नै लोकगीत हो भन्न रुचाउने गायक तिलक परियारले गायन पेशा संगसंगै आफ्नो अध्ययनलाई पनि निरन्तरता दिईरहेका छन् । त्रिभुवन विश्वविद्यालय कीर्तिपुर काठमाडौंमा स्नातकोत्तर तह सक्नै लागेका र एल. एल. बी. समेत अध्ययनरत गायक परियार वि. सं. २०६५ सालमा लोक तथा दोहोरी गीतको क्षेत्रमा प्रबेश गरेका हुन् । उन्ले पहिलो प्रस्तुतीको रुपमा वि. सं. २०६६ सालमा दुःख पाईछौरे भन्ने बोलको लोकदोहोरी गीत बजारमा ल्याएका थिए । वि. सं. २०६७ साल पुष महिनामा रेडियो नेपाल बाट स्वर पास गरिसकेका परियारले हाल सम्म तीन दर्जन भन्दा बढी गीतमा आवाज दिई सकेका छन् । उनीद्धारा स्वरबद्ध गरिएका सबै गीतहरु दर्शका र स्रोताको ढुकढुकीमा बस्न सफल गीत हुन् । दुःख पाईछौरे, सूनको भमरा, सुन हजुर, रिम्ना दोभान, क्या राम्री रैछौनी, तिम्रो मन दुख्न दिन्न सानु, जे गर्नु त यहाँ धनले गर्दो रहेछ जस्ता सफल गीत गायक तिलक परियारकै आवाजमा सजिएका छन् ।
आफूले आवाज दिएका लोक तथा दोहोरी गीतहरु दर्शक स्रोताले औधी मन पराएर सबै गीतलाई समान न्याय दिलाए जस्तो अनुभूति आफ्नो मनमा संगालिरहेको गायक परियार बताउँछन् । सोही क्रममा गायक तिलक परियारलाई लोकदोहोरी गायकको रुपमा सबै भन्दा बढी चिनाउने कुनै एक गीतको नाम लिनुस् भन्दा उन्ले “सुनको भमरा” नामक  बोलको गीतलाई नै सम्झिए । खास गरेर सुनको भमरा गीतले राप्ती अञ्चल र रुकुम जिल्लाको भौगोलिक परिवेश, चाडपर्व, संस्कार र यहाँको संस्कृति लगायत विविध कुराको यथार्थतालाई वर्णन गरेर गीत मार्फत नयाँ सन्देश दिन खोजेकोले वास्तवमा यो गीतलाई सबैले मन पराएको उन्ले बताए । पछिल्लो समय लोकगीत र लोकगीतको क्षेत्रमा विकृति छाएको छनी ? भन्दै गर्दा गायक परियारले पहिलेका गीत समाजका लागि यथार्थ सन्देश दिने खालका हुन्थ्ये, तर अहिलेका लोक गीत केवल व्यवसायिक रचनामा आधारित छन् भन्ने कुरामा फरक छुट्टयाए । तर यस्तो लोक गीतको सिर्जना हुनुले नेपाली लोक तथा दोहोरी गीतको मर्मलाई भुल्दै जानु र दर्शक स्रोतालाई लोकगीतको बारेमा राम्रो सन्देश दिनै नसक्ने उन्ले बताए ।
पहिलेका गीतमा ठेट लोक बाजाहरु (मादल, बाँसुरी र सारङ्गी) को प्रयोग हुँदा ती गीतमा समेटिएका शब्द र भावले गर्दा पुराना लोकगीत सबैले मन पराउँथ्ये । तर अहिले ठेट बाजा संग संगै विदेशी बाजाहरु (गितार, सेक्सोफोन र भ्वाईलिन) आदिको प्रयोगको विकास भएर पनि अहिलेका गीतहरुमा वास्तविक लोकगीतको भाव नदेखिएको उनी बताउँछन् ।
समयको माग अनुसार प्रविधिको विकास हुनु स्वभाविक हो तरपनि पछिल्लो समय गीत संगीतमा देखिएको अस्वस्थ प्रर्तिस्पर्धाले गीत संगीतको क्षेत्रमा केही जटिल समस्याहरु थपिएको गायक परियार बताउँछन् ।
– अमरराज पुनबाट ।