१ कार्तिक २०८३, आइतबार

मुरलीधर सोध्छन्ः के नेपाल मन्त्री उत्पादन गर्ने कारखाना हो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

murildhar-pic

मुम्बई । विगत लामो समयदेखि बलिउड, कलिउडमा बहुप्रतिभाका साथ जमिरहेका कलाकार मुरलीधरले नेपालमा वर्तमान समयमा घटेका राजनीतिक घटनाक्रम प्रति आक्रोश पोखेका छन् ।

उनले नेपाल के साँच्चै मन्त्री उत्पादन गर्ने कारखाना बनेकै हो त भन्दै राजनैतिक दलहरुको कार्यशैली प्रति गम्भिर असन्तुष्टि ब्यक्त गरेका छन् ।

सामाजीक सञ्जाल फेसबुकमा उनले लामै असन्तुष्टि लेखेका छन् । उनले देश यस्तै रहने हो भने राजतन्त्रको आवश्यकता समेत पर्नसक्ने औँल्याएका छन ।

उता मधेश आन्दोलन गर्दै आएका मधेशी दलहरुलाई समेत उनले मधेश आन्दोलन के केपी सरकार ढाल्नकै लागि मात्रै हो त ? भन्ने प्रश्न समेत गरेका छन् । उनले नेपाली काँग्रेसलाई व्यंग्यात्मक शैलीमा खाँग्रेस समेत लेखेका छन् ।

उनले अब जनतालाई सही दिशा र जातिवाद, भाई भतीजावाद, क्षेत्रीयवाद (अलगाव वाद) तथा अन्य वाद विवादबाट मुक्ति दिलाउनु छ भने एउटै विकल्प राजतन्त्र भएको समेत जिकिर गरेका छन् ।

murildhar