२६ कार्तिक २०८३, बिहिबार

शीर्ष नेताबीच अझै कुरा मिलेन्, संसद बैठक भोलि दुई बजेसम्मका लागि स्थगित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sambhidhan-Bhavan-1024x685

काठमाडौं, ६ साउन । प्रमुख दलका शीर्ष नेताहरुबीच सहमति जुट्न नसकेपछि व्यवस्थापिका संसदको बैठक भोलि दुई बजेसम्मका लागि स्थगित गरिएको छ ।

संसदको कार्यसूचीमा पहिला अविश्वासको प्रस्ताव राख्ने कि बजेटसम्बन्धी बाँकी विधेयकहरु राख्ने विषयमा प्रमुख तीनबीच सहमति नभएपछि विहान ११ बजे बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो ।

यसअघि सहमतिका लागि भन्दै बैठकलाई २ बजेसम्म सारिएको थियो ।

आज मात्रै सभामुखको अध्यक्षतामा दुई पटक तीन दलका शीर्ष नेताहरुबीच दुई पटक सहमतिको प्रयास गरेपनि सफल भएन् ।

बैठकमा कांग्रेस र माओवादीले पहिला अविश्वासको प्रस्तावलाई कार्यसूचीमा राख्नुपर्ने अडान राखेका थिए भने एमालेले बजेटका बाँकी विधेयकहरु पहिला कार्यसूचीमा आउनुपर्ने अडान राखेको थियो ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दलहरुबीच सहमति हुन नसक्दा संसद बैठक स्थगित गरिएको जानकारी दिए ।