१ कार्तिक २०८३, आइतबार

‘झम्के माया’मा नीतालाई यसरी फकाउदैछन् अनिल (भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nita-anil

काठमाडौं । प्रतिभाशाली गायक उद्दिपध्वज थापाको नयाँ गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । झम्के माया बोलको सार्बजनिक गीतको भिडियोमा मोडल अनिल थापा अनि चर्चित अभिनेत्री निता ढुंगानाको अभिनय छ ।

भिडियोमा रामो दुनो तीनो जस्तो अचम्म लाग्ने शब्द समाबेस छ, जसको अर्थ राम्रो अनि एक दुई तीन भन्ने हो । भिडियोमा होली पर्व, मेला तथा तिहारको दृश्यहरु कलात्मक तरिकाले देखाईएको छ, जसमा अनिलले नितालाई बिभिन्न उपाय लगाई फकाउने प्रयासहरु गरेको देख्न सकिन्छ।

दिपेन्द्र केसी निर्देशित भिडियोमा प्रेम ,छेड छाड, रोमान्स अनि रिसाएकी आफ्नी प्रेमिकालाई फकाउन गरिने अनेकन प्रयास लाई निकै आकर्षक अनि कलात्मक ढंगबाट प्रस्तुत गर्न खोजिएको छ । गीतमा राजनराज शिवाकोटीको शब्द तथा संगीत छ ।

भिडियोलाई प्रशान्त तामाङले कोरियोग्राफी गरेका हुन् ।

https://www.youtube.com/watch?v=Qej3t5vfilA