२६ कार्तिक २०८३, बिहिबार

प्रधानमन्त्री बाहिरिएपछि संसद भवनमै देउवा र प्रचण्डको गोप्य वार्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prachanda-and-deuba

काठमाडौं, ६ साउन । आज विहान सभामुख ओनसरी घर्तीको अध्यक्षतामा प्रमुख दलका शीर्ष नेताबीच बैठक बस्यो ।

बैठकमा सहमतिको प्रयास भएपनि दलहरुको आआफ्नै अडानका कारण सफल हुन सकेन् । कांग्रेस र माओवादीले पहिला अविश्वासको प्रस्ताव कार्यसूचीमा समावेश हुनुपर्ने अडान राख्यो भने एमालेले पहिला बजेटसम्बन्धी विधेयक कार्यसूचीमा आउनुपर्ने अडान राख्यो ।

दुबै पक्षबीच सहमति नभएपछि पार्टीभित्र आन्तरिक छलफल गरी पुनः १ बजे सहमतिको प्रयास गर्ने समझदारी भयो । त्यसपछि सभामुख ओनसरी घर्ती र प्रधानमन्त्री ओली बाहिरिए ।

सभामुख र प्रधानमन्त्री बाहिरिएपछि कांग्रेस र माओवादीको गोप्य बैठक बसेको थियो । देउवा र प्रचण्डबीचको गोप्य बैठकमा सके सहमति गरेर अघि बढ्ने नभए पेलेरै जाने निर्णय भएको स्रोतले बतायो ।

दलहरुबीच सहमति नभएकै कारण ११ बजे बोलाइएको संसद बैठक पनि २ बजेसम्मका लागि स्थगित भएको छ ।