
काठमाडौं, ६ साउन । सभामुख ओनसरी घर्तीमगर विनियोजन विधेयकका आश्रित विधेयकलाई अविश्वास प्रस्ताव अगावै कार्यसूचीमा राख्न तयार भएकी छन् ।
प्रधानमन्त्री केपी ओलीले सरकारलाई बाइपास गरेर एकतर्फी रुपमा कार्यसूची परिवर्तन गरेकोबारे आपत्ति जनाएपछि सभामुख घर्तीमगर अविश्वास प्रस्ताव अगावै आश्रित विधेयकमाथि छलफल गराउन तयार भएकी हुन् ।
सभामुखले गत २९ असारमै पारित गर्ने कार्यसूची रहेको आश्रित विधेयकलाई रोकेर ६ साउनमा अविश्वासको प्रस्तावमाथि छलफल अघि बढाउने निर्णय गरेकी थिइन् ।
उनको सो निर्णयलाई सरकारले प्रतिवाद गर्ने बताएपछि प्रधानमन्त्रीसँग भेटेरै आफू पहिला आश्रित विधेयकमाथि छलफल गराउन तयार रहेको जानकारी गराएकी हुन् ।
यता कांग्रेस र माओवादीले पहिला अविश्वासको प्रस्ताव कार्यसूचीमा राख्नुपर्ने र त्यसपछि मात्रै बजेटसम्बन्धी विधेयकहरु ल्याउनुपर्ने पक्षमा छन् ।
राजधानी दैनिकमा समाचार छ ।















प्रतिक्रिया