२६ कार्तिक २०८३, बिहिबार

कांग्रेसद्वारा आफ्ना सांसदलाई संसद भवन नछाड्न निर्देशन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bicc Samsadकाठमाडौं, ६ साउन । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीविरुद्धको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ ।

नयाँ बानेश्वरमा आज बसेको कांग्रेस संसदीय दलको बैठकले ओलीविरुद्धको अविश्वास प्रस्तावको छलफलमा भाग लिएर पक्षमा मतदान गर्न निर्देशन दिने निर्णय गरिएको सांसद तथा नेता प्रकाशमान सिंहले जानकारी दिनुभयो ।

‘केपी ओलीविरुद्धको अविश्वासको पक्षमा मतदान गर्न निर्देशन दिएका छौँ’, उहाँले भन्नुभयो, ‘संसद बैठकमा अनिर्वाय उपस्थित हुन पनि ह्वीप जारी भएको छ ।’

कांग्रेसले अविश्वासको छलफलका क्रममा संसद भवनभित्र रहन पनि आफ्ना सांसदहरूलाई निर्देश गरेको छ ।