काठमाडौं, ६ साउन । प्रधानमन्त्री केपी ओलीविरुद्धको अविश्वासको प्रस्तावका विषयमा आजदेखि संसद बैठकमा छलफलका लागि पेश हुने भएको छ ।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा बिहान ११ बजे बस्ने संसद बैठकमा प्रधानमन्त्री ओलीविरुद्धको अविश्वास प्रस्ताव छलफलका लागि पेश गर्ने सभामुखको तयारी छ ।
तर, बजेटसम्बन्धी प्रस्ताव कार्यसूचीमा पहिलो प्राथमिकतामा नपरे एमालेले सदन चल्न नदिने चेतावनी दिएको छ । एमालेको चेतावनीपछि संसद बैठक चल्छ वा चल्दैन केही भन्ने अवस्था नरहेको स्रोतले जनाएको छ ।
अविश्वासको प्रस्ताव दर्ता गराएका माओवादी केन्द्र र कांग्रेसले अविश्वासको प्रस्ताव पहिला छलफलका लागि सदनमा पेश गर्नुपर्ने जनाउँदै आएका छन् ।
प्रमुख तीन दल एमाले, माओवादी केन्द्र र कांग्रेसको आ–आफ्नै अडानका कारण आजको संसद बैठक कसरी अगाडि बढ्ने हो भन्नेमा सांसदहरू अन्यौलमा छन् ।












प्रतिक्रिया