१ कार्तिक २०८३, आइतबार

एर्डोगानद्वारा विद्रोहपछि राष्ट्रिय सुरक्षा परिषद्को पहिलो बैठकको अध्यक्षता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

turkey-protests-ankara-apअङ्कारा (टर्की), ६ साउन । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानद्वारा गत शुक्रबार राति भएको असफल सैनिक विद्रोहपछि बुधबार पहिलो पटक टर्कीको राष्ट्रिय सुरक्षा परिषद्को बैठकको अध्यक्षता गर्दै मुलुकको पछिल्लो अवस्थाबारे जानकारी लिनुभएको छ ।

टर्कीमा भएको असफल कू प्रयास हुँदा १४५ सामान्य नागरिक, ६० प्रहरी, तीन सेना र १०४ विद्रोहको योजनाकार गरी ३१२ जना मारिएको टर्की सरकारले दाबी गरेको छ ।

विद्रोहको समयमा बिदामा रहनुभएका राष्ट्रपति एर्डोगान मङ्गलबार राष्ट्रपति कार्यालय फिर्ता भई रक्षामन्त्री, गृहमन्त्री तथा उच्च पदस्थ सुरक्षा बल सम्मिलित पहिलो बैठकको अध्यक्षता गर्नुभएकोे छ । बुधबार बसेको सुरक्षा परिषद्को बैठकले राज्यमा विद्रोह गर्नेहरुमाथि पूर्ण रुपमा नियन्त्रण लिएको सङ्केत स्वरुप उत्तरी इराकको प्रतिबन्धित कुर्दिस वर्कर्स पार्टीमाथिको पहिलो कारबाही सुरु गर्ने निर्णय लिएको बताइएको छ ।

टर्कीमा अकस्मात् भएको सत्ता परिवर्तनको षड्यन्त्र हुनुपूर्व टर्कीले आफ्नो सैन्यबलमार्फत् इराकको कुर्दिस विद्रोहीमाथिको कारबाहीलाई तीब्र पार्दै थियो ।

यसबीचमा टर्कीका लाखौं मानिस कुनै न कुनै प्रकारले प्रभावित भएका छन् । विद्रहमा सहभागी भएको आरोपमा हजारौं मानिस पक्राउ परेका छन् भने हजारौंले जागिरबाट हात धुनु परेको छ । पछिल्लो अनुमानित तथ्याङ्क अनुसार करिब ५० हजार मानिस या त पक्राउ गरी हिरासतमा राखिएका छन् वा जागिरबाट हटाइएका छन् । –एएफपी