काठमाडौं, ६ साउन । मोबाईल दुरसंचार सेवाप्रदायक एनसेलले सरकारले प्रदानगर्ने ‘व्यावसायिक महत्वपूर्ण व्यक्ति’अर्थात कमर्शीयल्ली ईम्पोर्टटेन्ट पर्सन (सीआईपी) सम्मान पाउने भएको छ ।
व्यापार तथानिकासी प्रवद्र्धन केन्द्रले एनसेललाई आर्थिक वर्ष २०७०/७१ र २०७१/७२ मा सबैभन्दा बढी ‘आयकर दाखिला गर्ने उद्यमी व्यावसायी’ को विधाअन्र्तगत सीआईपी सम्मानको प्रस्ताव गरेको छ ।
सीआईपी राष्ट्रपतिबाट प्रदान गरिने व्यावसायिक क्षेत्रमा मुलुककै सबैभन्दा ठूलो प्रतिष्ठित सम्मान हो । यो सम्मान राष्ट्रिय अर्थतन्त्रमा वाणिज्य क्षेत्रको योगदान बढाउन यस क्षेत्रमा संलग्न उत्कृष्ट निर्यातकर्ता, विदेशी आयातकर्ता, लगानीकर्ता, रोजगारदाता तथा व्यवसायीहरुलाई सम्मान र कदर प्रदान गर्ने गरिएको छ ।
सीआईपी सम्मान प्राप्त गर्ने व्यक्तिले भीआईपीसरह विमानस्थल तथा सिंहदरबार प्रवेश, प्रधानमन्त्री र राष्ट्रपतिसँग भेटघाट तथा र भिसा प्रक्रियामा पनि पहिलो प्राथमिकता पाउँद छन् ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार, एनसेललाई सीआईपी छनोट उपसमितिले आर्थिक वर्ष ०७०/७१ र ०७१/७२ मा सबैभन्दा बढी आयकर तिरेको आधारमा सीआईपी सम्मान प्रस्ताव गरेको हो ।
केन्द्रले एनसेल लगायत ३८ संस्था तथा व्यक्तिहरुलाई सरकारले यो सम्मान प्रदान गर्न प्रस्ताव गरेको छ । “कुनै दाबी अथवा विरोध भए १५ दिनभित्र जानकारी दिनका लागि केन्द्रले सूचना जारी गरिसकेको छ र त्यसपछि सम्मान प्रदान गर्ने सम्बन्धमा अन्तिम निर्णय हुनेछ ।,” केन्द्रका एक अधिकारीले भने ।















प्रतिक्रिया