काठमाडौं, ६ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओलीबिरुद्ध व्यवस्थापिका संसदमा पेश गरेको अविश्वासको प्रस्तावलाई एमालेले कुर्नै पनि हालतमा फेल गराउने भएको छ ।
तर, सत्तारुढ नेकपा एमाले संसदीय दलले भने सभामुखले बजेट आश्रित तीन वटा आर्थिक बिधेयकलाई कार्यसूचीमा नराखे बबण्डर गर्ने भएको छ । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
एमाले संसदीय दलले बुधबार साँझ गरेको निर्णय अनुसार आर्थिक बिधेयकलाई सभामुखले सदन कारबाहीको क्रममा कार्यसूचिमा नराखे शालिन अबरोध गर्ने निर्णय गरेको हो ।
सभामुख ओनसरी घर्ती मगर भने दलीय सहमति भएमा अविश्वासको प्रस्तावलाई नैं कार्यसूचीमा राखेर छलफल अघि बढाउन चाहन्छिन् ।
यदि सभामुखले अघि सारेको कार्यसूचीमाथि एमालेले शालिनताको नाममा अबरोध गरे के गर्ने भन्ने बिषयमा अविश्वासको प्रस्ताव पेश गर्ने दलहरु नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले समेत प्रतिरक्षा गर्ने रणनीति बनाएका छन् ।
एमालेका शीर्ष नेताहरुले पनि नैतिकताको आधारमा राजिनामा दिन सुुझाव दिए बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसै गरेमा समाधान हुन्छ ।
नत्र सभामुखले अविश्वासको प्रस्ताव अघि सार्ने छिन । सभामुखले कार्यसूचीमा राखेको अविश्वासको प्रस्तावमाथि छलफल गराउनासाथ बिपक्षीले बहिस्कार गरे भने त ठिकै छ, नत्र अबरोध गरेमा बिहिबार तीन चार पटकसम्म सभामुखले सदनको कारबाही स्थगित गर्ने सम्भावना छ ।
सभामुख कुनै पनि हालतमा अविश्वासको प्रस्तावलाई कार्यसूचीबाट पछि हटाउने पक्षमा नभएपछि सदनमा सम्भावित द्वन्द्वपनि निम्तिन सक्छ । त्यसका लागि नयाँ सरकारको गठबन्धनमा रहेका दल कांग्रेस र माओवादीले सोही बमोजिमको तयारी पनि गरेका छन् ।
एमाले संसदीय दलको बैठक सकिनसाथ कांग्रेस माओवादीबीच कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बुुधबार साँझ भएको बैठकमा पनि अविश्वासको प्रस्तावलाई पारित गर्न डटेर अघि बढ्ने निष्कर्ष निकालिएको थियो ।
बैठकपछि कांग्रेस सभापति शेरबहादुर देउवाले समेत अविश्वासको प्रस्तावलाई पारित गर्न सबै दललाई आग्रह गर्ने र डटेर लाग्ने बताएका थिए ।















प्रतिक्रिया