– निशानदाजु भट्टराई
दाङ । एक्सन, प्रेम र सामाजिक विषयबस्तुमा आधारित सन्देशमुलक वहुचर्चित चलचित्र पर्शुरामको फस्ट लुक सार्वजनिक भएपछि देशभर पर्शुरामको चर्चा चुलिएको छ ।
कालि, हवल्दार लगाएतका एक दर्जन बढि फील्ममा नायकको भुमिका खेलेर चर्चामा बटुल्न सफल नायक किशोर खतिवडा नै पर्शुराम चलिचित्रमा पर्शुरामको मुख्य भुमिकामा देखिनु भएको छ । नायक किशोर खति वडाकोे जोडीकारुपमा नवनायीका जानभी बस्नेत देखा पर्नुभएको छ । नायीका बस्नेत चलचित्रमा पत्रकारको सशक्त भूमिकामा देखा पर्नुभएको छ । चलचित्रमा नवनायककारुपमा नवराज रावत, नव नायिकामा स्वस्ती क्षेत्रीले पनि अभिनय गर्नुभएको छ ।
यसैगरी चलचित्रको खलपात्रका रुपमा वरिष्ठ कलाकार सुशील पोख्रेल, ध्रुवराज अधिकारी, यादव सैघालीलगायतका कलाकारहरुको भूमिका रहेको छ, भने चलचित्रमा नयाँ अनुहारकारुपमा राज राना, महेन्द्र बुढाथोकी, निमिता गिरीले पनि आफ्नो सशक्त अभिनय प्रस्तुत गर्नु भएको छ । रिलिजपुर्व नै पर्शुरामले चारैतिर चर्चा पाउन थालेपछि यतिवेला निर्माण टोलि फील्म रिलिजको तयारीमा जुटेकोे छ । साउनको दोस्रो सातासम्म फील्म रिलिज गर्ने तयारी भइरहेको निर्माण पक्षको भनाई छ ।
फिल्मको फस्ट लुक सार्वजनिक गरेको पर्शुरामको निर्माण पक्षले लगत्तै फील्मको ट्रेलरको सार्वजनिक गर्ने गरी कार्य अघि बढाईएको चलचित्रका कार्यकारी निर्माता सविन प्रीयासनले बताउनु भयो । चलचित्रको ट्रेलरले सबैको मन जित्ने र एक्सन, प्रेम र सामाजिक कथाबस्तुमा आधारीत फील्म भएकाले यसले बजार राम्रो पाउने उहाले विश्वास ब्यक्त गर्नु भयो । दाङमा छायांकन गरिएको चलचित्र पर्शुरामको यसअगाडि घोराहीमा पत्रकार सम्मेलन गरी पोस्टर सार्वजनिक गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाशराज शर्मा, दाङ जिल्ला उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष खड्ग बुढाथोकी, निर्माताहरु महेन्द्र बुढाथोकी, यादव सैघालि, राजभक्त राना, कार्यकारी निर्माता प्रियासनले संयुक्तरुपमा पोष्टरको सार्वजनिक गर्नुभएको थियो । चलचित्रका निर्माता महेन्द्र बुढाथोकीले चलचित्रको ९० प्रतिशत सुटिङ दाङमा र पाँच वटा गीत मध्ये २ वटा गीतको सुटिङ सौराहा, लुम्बीनी, पाल्पा, पोखरामा गरिएको जानकारी दिनुभयो ।
कार्यकारी निर्माता प्रियासनले चलचित्रका लागि उच्चकोटीको प्रविधि प्रयोग गरिएको र हालसम्म ८० लाख बढि खर्च भएको र चलचित्र प्रदर्शनीसम्म एक करोडको लगानी पुग्ने जानकारी दिनुभयो । प्रियासनले फील्ममा नाम चलेका पुराना र नयाँ कलाकारहरुको सशक्त भूमिका रहेको बताउनुभयो । व्ल्याक चिल्ली इन्टरटेटमेन्टको व्यानरमा निर्माण भएको पर्शुराममा दाङका प्रतिष्ठित व्यवसायी बलिभद्र रानाको प्रस्तुती रहेको छ । चलचित्रमा लेखन तथा निर्देशन एनआर घिमिरेको रहेको छ । चलचित्रमा एकवटा आइटम डान्ससहित पाँचवटा गीतहरु समावेश छन् । मोफसलमा क्वालिटीयुक्त क्यामरा र उपकरणहरु प्रयोग गरेर चलचित्रको सुटिङ कार्य सम्पन्न गरिएको र चलचित्रको इडिटिङलगायतका कामहरु पनि सम्पन्न भइसकेकाले अबको केही समयभित्रै टिचर सार्वजनकि गर्नुका साथै सबै सञ्चार माध्यमहरुमा व्यापकरुपमा प्रचारप्रसार गर्ने तयारी निर्माण पक्षले गरेको छ ।
अहिलेका राम्रा चलचित्रहरुमा गन्न लायक तवरबाट निर्माण गरिएको चलचित्र पर्शुराममा १ वटा आइटम डान्ससहित चर्चित गायक एवं गायिकाको स्वरमा पाँचवटा गीतहरु समावेश गरिएका छन् ।
यसका साथै चलचित्रमा ५० बढी घोडाको प्रयोग, दर्जनौं गाडी, मोटरसाइकलहरुको एकैसाथ प्रयोग गरिएको छ । चलचित्रमा दाङको धारपानीमा रहेको विश्वकै ठूलो त्रिशुल, दाङका विभिन्न पर्यटकीय क्षेत्र, लुम्बीनी, कास्की र चितवनका विभिन्न महत्वपूर्ण क्षेत्रहरुको लोकेसन कैद रहेको पर्शुराममा अनुभवले खारिनुभएका द्वन्द्व निर्देशक रोशन श्रेष्ठले उत्कृष्टरुपमा एक्सन रहेको छ ।
















प्रतिक्रिया