२६ कार्तिक २०८३, बिहिबार

कांग्रेस र माओवादीको बैठक: पहिला अविश्वासको प्रस्ताव पास गराउने निर्णय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

deuba

– विमल योगी

काठमाडौं, ५ साउन । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको बैठक सकिएको छ ।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले भोलिको संसद बैठकमा पहिला सरकारविरुद्धको अविश्वासको प्रस्ताव पारित गर्ने निर्णय गरेको छ ।

बैठक सकिएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले भोलि संसदमा पहिला अविश्वासको प्रस्ताव पारित हुने बताए । अविश्वासको प्रस्ताव के हुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने– ‘प्रस्ताव बहुमतले पास हुन्छ ।’

यसैगरी बैठकबाट बाहिरिने क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक विषयमा छलफलमा भएको बताए ।

prachanda

कांग्रेस नेता रमेश लेखकले पनि संसदको पहिलो कार्यसूची अविश्वासको प्रस्ताव नै हुने बताए । उनले भने– विश्वमा चलिआएको परम्परा र संसदीय व्यवस्थामा अविश्वासको प्रस्ताव दर्ता भइसकेपछि यसले नै पहिलो प्राथमिकता पाउँछ । अविश्वासको प्रस्ताव दर्ता भइसकेको अवस्थामा अविश्वासकै प्रस्ताव अघि बढ्छ । अरु (बजेट) पछि (दोस्रो)मा आउँछ ।

बैठकमा कांग्रेसका तर्फबाट सभापति एवम् प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता विमलेन्द्र निधि तथा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल र नेता कृष्णबहादुर महराको सहभागिता थियो ।

माओवादी केन्द्रले नेकाँसँग मिलेर असार २९ गते अविश्वासको प्रस्ताव सदनमा दर्ता गरेको थियो । सो प्रस्तावमाथि भोलि सदनमा छलफल सुरु हुँदैछ ।

तस्वीरः युपी लामिछाने ।