काठमाडौं, ५ साउन । एमालेसंगको सत्ता सहकार्य छोडेपछि शुक्रबार पार्टी पदाधिकारी बैठकमा प्रचण्डले भन्दै थिए, ‘यो एउटा निर्णयबाट म कहिल्यै नउठ्ने गरि सिद्धिन पनि सक्छु।’
त्यसो त राजनीति भन्नु जुवा हो हारजित भइरहन्छ। यसमा माओवादीलाई अहिले फाइदा हुनेजस्तो देखिएको छ। सुशील कोइराला सहमतिबाट बिच्किएपछि राष्ट्रपति र प्रधानमन्त्री एमालेलाई, सभामुख र उपराष्ट्रपति माओवादीलाई दिने सहमति भएको थियो। सोहीअनुसार ९ महिना संयुक्त सरकार चल्यो। तर, अकस्मात सत्ता साझेदार सरकारबाट अलग हुँदा अब माओवादीलाई बिग फाइभमध्ये तीन ठूला पद प्रधानमन्त्री, उपराष्ट्रपति र सभामुख हात लाग्ने भएको छ। प्रधानन्यायाधीश न्यायिक पृष्ठभुमीबाट आउने हुँदा त्यसमा दलको भाग लाग्ने कुरै भएन।
बाँकी रह्यो राष्ट्रपति, अब एमालेसंग त्यहि एक्लो पद रहनेछ। कांग्रेसलाई त केही न केही, ९ महिनापछि प्रधानमन्त्री पाइने उधारो बचन। यस हिसाबले हेर्दा ‘राजनीतिक सत्ताको जन्म बन्दुकको नालबाट’ नभई चुनावी या संसदीय अंकगणित या चातुर्यताबाटै हुन पुगेको छ, माओवादीलाई।
जनआस्था साप्ताहिकमा समाचार छ ।
















प्रतिक्रिया