१ कार्तिक २०८३, आइतबार

नरेन्द्र मोदी विश्वकै १० औं अपराधीको सूचीमा परेपछि भारतमा खैलाबैला

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Narendra-modi-sad-look

काठमाडौं, ५ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै १० औं अपराधीको सूचीमा परेपछि भारतमा खैलाबैला मच्चिएको छ ।

इन्टरनेट सर्च इन्जिन गुगलले मोदीलाई विश्वका टप टेन अपराधीको सूचीमा समावेश गरेपछि यस्तो अवस्था आएको हो ।

यसअघि पनि मोदीको तस्विर अपराधीको सूचीमा परेपछि विवाद आएकोमा अहिले पनी उनी विश्वको नजरमा अपराधी नै ठहरिएका छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार मोदीलाई अपराधीको रुपमा चित्रित गरिएकोप्रति आपत्ति जनाउँदै भारतस्थित इलाहाबादको जिल्ला अदालतले गुगललाई लिगल नोटिस पठाएको छ ।

google-modi

यो मुद्धाको सुनुवाइ आगामी ३१ अगष्टमा हुने छ । भारतीय जनता पार्टीका नेता तथा अधिवक्ता सुशील मिश्रले मोदीको बदनाम गरिएको भन्दै अदालतमा मुद्धा हालेका हुन् ।

मोदीमाथि भारतको गुजरातमा भएको हिंसाको मूख्य योजनाकारको आरोप लाग्दै आएको छ ।