काठमाडौं, ५ साउन । मन्त्रालयका नियमित विषयमा छलफल गर्न मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ ।
अपरान्ह पाँच बजेपछि बस्ने बैठकमा विभिन्न मन्त्रालयका नियमित एजेण्डका विषयमा छलफल हुनेछ । आफूविरुद्धको अविश्वास प्रस्तावमाथि संसदमा छलफल हुनु एक दिन अगाडि प्रधामन्त्री केपी ओलीले मन्त्रिपरिषद बैठक डाक्नु भएको हो ।
बैठकमा बिहीबारबाट संसदमा प्रधानमन्त्री ओलीविरुद्धको अविश्वासको प्रस्तावमाथिको छलफल र त्यसपछि बजेटका विषयमा छलफल हुने बुझिएको छ ।
बैठकमा अविश्वास प्रस्ताव र बजेटका विषयमा संसदमा के गर्ने भन्ने विषयमा ओलीले मन्त्रीहरूसँग परामर्श गर्ने जनाइएको छ ।
मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले केही महत्वपूर्ण राजनीतिक निर्णय गर्न सक्ने स्रोतको भनाइ छ ।












प्रतिक्रिया