काठमाडौं, ५ साउन । प्रधानमन्त्री केपी ओलीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावका विषयमा छलफल गर्न एमालेको संसदीय दलको बैठक बस्ने भएको छ ।
दिउँसो बस्ने बैठकमा प्रधानमन्त्री ओलीविरुद्ध माओवादी केन्द्र र कांग्रेसले संयुक्त रुपमा दर्ता गराएको अविश्वासको प्रस्तावका विषयमा छलफल हुनेछ । स्रोतका अनुसार ओलीविरुद्धको अविश्वासको प्रस्ताव अगाडि बजेट पारित गर्नुपर्ने अडान राख्ने निर्णय हुन सक्ने जनाइएको छ ।
एमालेले अविश्वासको प्रस्ताव अगाडि बजेट पारित गर्नुपर्ने भन्दै अडान राख्दै आएको छ । बजेट अगाडि पेस नभए सदन चल्न नदिने एमालेको तयारी रहेको बुझिएको छ ।
कांग्रेस–माओवादी एकातिर छन् भने अर्कोतिर एक्लै एमाले छ । एमालेले प्रधानमन्त्री ओलीले अविश्वासको प्रस्ताव सामना गर्ने जनाउँदै राजीनामा नदिने उल्लेख गर्दै आएको छ ।












प्रतिक्रिया