१ कार्तिक २०८३, आइतबार

लेखनदेखि गायनसम्म सगुनको यात्रा

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sagun Tamang

काठमाडौं । २०६३ सालदेखि नेपाली रंगमञ्चमा गीत लेख्न सुरु गरेका गायक सगुन तामाङ अहिले गायन क्षेत्रमा पनि सक्रिय छन् ।

‘माया ठूलो भन्थे दैव, होइन रैछ माया पनि पग्लिदो रहेछ पैसामा’ भन्ने गीत लेखेर चर्चामा आएका सगुनको यो गीत निकै चलेको थियो त्यो समयमा ।

आमाको प्रेरणाले रंगमञ्चमा आकर्षित भएको बताउने उनी ‘माया लाग्छ नी हो माया लाग्छ’ गीतबाट पहिलोपटक गायन क्षेत्रमा होमिएका थिए । यो गीतबाट नै उनले पहिलोपटक शब्द लेखनसँगै गीतमा स्वर पनि दिन थाले ।

त्यसपछि उनको रंगीन दुनियाँमा शब्द र स्वर दुबैले चर्चा पाउन थाल्यो । आफ्नो समुदायको गीत पनि उनले गाए । तामाङ गीत ‘ह्याङ तामाङ रेगे’मा उनले शब्द र स्वर दिएका छन् ।

सबैखाले गीत गाउन तथा शब्द कोर्न रुचाउने गायक सगुनले राष्ट्रियता झल्काउने गीत पनि लेखे र गाए । भारतले नाकाबन्दी लगाएको समयमा राष्ट्रिय भावना भएको गीत ‘उँठ गोरखाली जाँग नेपाली’मा उनको शब्द र स्वर थियो ।

स्वर र शब्द मात्रै होइन् सगुनले गीतमा आफैले संगीत पनि दिएका छन् । ‘सिन्धुली मावर पर्यो मेरो गाउँ, डम्फुको तालमा आउ नाँचौं’ बोलको गीतमा शब्द संगीत र स्वर सबै उनकै छ ।

विशेषगरी ‘स्याड’ दुखी गीत लेख्न मनपराउने सगुनका ‘तिमी हाँस्न सिकाउने मान्छे रुने बनायौ किन, तिमी बाँच्न सिकाउने मान्छे मर्नु बनायौ किन ?’ ‘मेटिदैन रैछ यहाँ माया निष्ठुरी, बोकिराछु मुटुभरी व्यथा जिन्दगी’ जस्ता गीत पनि चर्चित छन् ।

अहिलेसम्म १० वटा गीत लेखिसकेको बताउने उनले एकान्त र एक्लै भएको समयमा यस्ता गीत लेख्छन् ।

सिन्धुली अमले २ पटाबास घर भएर राजधानीलाई कार्यथलो बनाएका सगुन सरकारी जागिरे पनि हुन् । ‘गीत संगीतमा सानैदेखि रुची थियो । अरुले गीत बजाए आफूलाई नाचौं लाग्ने, गीत सुने सुनौं जस्तो लाग्ने । गीत बज्दा आनन्द महसुस हुन्थ्यो’ उनले भने– ‘जागिरको सिलसिलामा काठमाडौं आएपछि शब्द लेखन तथा गायन क्षेत्रमा सक्रिय भए ।’

संगीत क्षेत्र कमाई भन्दा प्रतिष्ठाका हो भन्ने सगुन जिन्दगीमा दुःख सुख हुन्छ त्यसको बीचको पाटो नै संगीत हो जस्तो लाग्छ भन्छन् ।

जागिर र गायन क्षेत्रलाई सँगसँगै अगाडि बढाइरहेका उनी प्राथमिकता गायन क्षेत्रलाई दिने बताउँछन् । स्रोता र दर्शकको माया राम्रै पाएको र दर्शकको माया पाएकै कारण लेखन गायनमा टिकिरहेको बताउँदै उनले भने- ‘अबका गीतहरु भिडियोमार्फत दर्शकसामु सहजै पुगाउने योजना छ । दर्शकले अझै बढी साथ दिने विश्वास छ ।

लेखन क्षेत्रमा १० वर्ष र गायन क्षेत्रमा तीन वर्ष बिताइसकेका सगुन अझै राम्रा गीतहरु दर्शकलाई दिने प्रयासमा छन् ।

यस्ता छन् सगुनका केही गीतहरु (भिडियोमा हेर्नुस्):

https://www.youtube.com/watch?v=0THlrTNT2pA

https://www.youtube.com/watch?v=xXj0UkBBIqQ