२ कार्तिक २०८३, सोमबार

गरिबी निबारण कोषको करौडौ रकमको कार्यक्रम उपलब्धिबिहिन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

poverty-alleviation-fund.jpg

– भोबिन्द्र शाह

बाजुरा ४ साउन । बाजुरा जिल्लामा गरिब निबारण कोषको करोडौ रकम कार्यक्रम उपलब्धी बिहिन भएकोमा सरोकारवालाहरुले आपत्ति जनाएका छन् ।

गरिबी न्युनिकरण गर्ने उद्देश्यले बिस २०६२ साल देखि हालसम्म गरीबका नाममा जिल्लामा आय आर्जन, सामाजिक परिचालन, क्षमता बिकास, भौतिक पूर्वाधारको करौडौ मूल्य लगानीले कुनै खास नतिजा नदेखाएको असलशासनकर्मी धर्मराज पाध्यायले बताएका छन । गरिबी न्युनिकरण गर्नाका लागी जिल्लामा नाम चलेकै गैर सरकारी संस्था पीसबिन बाजुरा, गिप्ट बाजुरा, मानब संसाधन केन्द्र बाजुरा र सप्रोस नेपालले एक दशक अघाडी देखि नै काम गर्दै आएको तर गरिबी न्युनिकरण कहा देखि कहा सम्म पुर्याउने भन्ने कसै सँग पनि योजना नदेखिएको माओबादी केन्द्र बाजुराका अध्यक्ष सहदेब बोगटीले बताए ।

भौतिकतर्फ कुल बजेट १६ करोड ६६ लाख एक हजार एक सय बहत्तर र आयआर्जन तर्फको ११ करोड ८५ लाख ९३ हजार एक सय पचास रुपया खर्च भएको भएता पनि यसले कुनै परिवर्तनीय काम नगरेको बताएको छ । एक नगरपालिका र २४ गाबिस रहेको बाजुरा जिल्लाका भरी नै कार्यक्रम लागु भएको भएता पनि गरीब का नाममा आएको रकम गाउका बाढाटाठाले मात्र प्रयोग गरी दुरुपयोग गरेको गोत्री गाबिस ८ का बिनिता बिकले बताएकी छन ।

गरिबका नाममा कार्यक्रम राम्रो भएता पनी बास्तबिक गरिबहरुले राहातको सास फेर्न नपाएको र साथै समाजमा हुने खानेहरुले नै समुहका सदस्यहरुको नाममा रकम लगरे हिनामिना गरेको नेपाली काँग्रेस बडीमालिका नगरकमीटी सभापती पदम बडुवालले बताएका छन । गरिबी निबारण कोषको ब्याजको रकम बार्षिक १५ प्रतिशत बनाइने गरिब निबारण कोषका कार्य प्रबन्धक गोगर्ण दवाडीले बताएका छन ।

कार्यक्रम लागु भएको २० बर्ष पछि १० प्रतिशत गरिब घटाउने लक्ष्य भएपनि सो कुरा ब्यबहारमा देख्न नपाइनेमा सरोकारवालाहरुले आपत्ती जनाएका छन । देशभरका ५५ जिल्लामा यो कार्यक्रम लागु भएता पनि भएता पनि देशकै उच्च अंकमा ६४.१ प्रतिशत बाजुरामा गरिब रहेका छन ।कार्यक्रम प्रभाबकारी नभएका कारण गरिबको संङख्या घट्नु भन्दा पनी बढ्न सक्ने सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका छन ।