काठमाडौं । यहि शुक्रबार बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘म त तिम्रै हुँ’ को आज राजधानीमा पत्रकार भेटघाट कार्यक्रम गरिएको छ ।
बिशेष गरेर चलचित्रका निर्माता युवा स्टार अनमोल केसी आफै उपस्थिति रहेको यस कार्यक्रममा अनमोलले चलचित्रको बारेमा समेत जानकारी गराएका थिए ।
कार्यक्रममा अनमोल केसीले आफु चलचित्र न खेल्नुको कारण समेत बताएका थिए । अनमोलले ममीले फिल्मको कथा तयार गर्दा आफुले हेरर कथा नलेखिएको र यस कथामा आफु फिट नभएको कारणले चलचित्र निर्माण मात्रै गरेको अभिनय नगरेको बताउनुभयो । अनमोलले भने, ‘म त तिम्रै हुँ’को कथा सुहाउँदो पात्रमा आकाश श्रेष्ठ नै फिट छन्, उनले न्याय गरेका छन् ।
अनमोल कृयशनको व्यानरमा आमा सुस्मिता केसीको लगानीमा बन्ने फिल्ममा आफु खेल्न सक्ने संकेत अनमोलको थियो । ‘सुहाउँदो स्कृप्ट आएमा खेल्न तयार छु, मेरो लागी बाबा आमा दुबै बराबर हुनुहुन्छ,’ अनमोलले भने । पत्रकारहरुको प्रश्नमा खुलेरै जबाफ दिएका अनमोलले चलचित्र निकै राम्रो बनेको भन्दै आफुले अभिनय गरेको चलचित्र मन पराइदिनु भएकोमा दर्शकलाई निर्माण गरेको चलचित्र पनि हेर्न अनुरोध गरेका छन् ।
फिल्म अनमोल क्रियशनको प्रस्तुतिमा उनकै आमा तथा अभिनेत्री सुस्मिता केसीले निर्माण गरेकी हुन । फिल्ममा नव नायक आकाश श्रेष्ठ, नवनायिका ज्योत्सना योगी, सुशिल काफ्ले, जीवन भट्टराई, अनुपम श्रेष्ठ, सुसन खड्का आदिको अभिनय रहेको छ ।
फिल्ममा सुवास थापाको पनि लगानी रहेको छ । नवनिर्देशक श्रीराम महत फिल्मका निर्देशक हुन ।
















प्रतिक्रिया