– मोहन विष्ट
महेन्द्रनगर, ३ साउन । कञ्चनपुरबाट गत आर्थिक वर्ष २०७२-०७३ मा चौतिस करोड, ५४ लाख बजेट फ्रिज भएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार विकास निर्माणका लागि जिल्लामा आएको कुल पुँजिगत बजेट मध्ये चौतिस करोड, ५४ लाख रकम फ्रिज भएको हो ।
दुई अर्ब, १२ करोड ९५ लाख मध्ये एक अर्ब, ७८ करोड, ४१ लाख मात्रै खर्च भएको छ । भने, ३४ करोड, ५४ लाख खर्च हुन नसक्दा फ्रिज भएको हो । पुँजिगत अर्थात विकास निर्माण तर्फ ८३.७८ प्रतिशत रकम मात्रै खर्च भएको छ ।
अघिल्लो आर्थिक बर्ष २०७१–०७२ को तुलनामा ६ करोड ८ लाख बढि फ्रिज भएको छ । अघिल्लो बर्ष एक अर्ब, ४५ करोड ५१ लाख पुँजिगत बजेट मध्ये एक खर्ब १७ करोड पाँच लाख मात्रै खर्च भएको थियो ।
अघिल्लो आर्थिक बर्ष २०७१–०७२ को तुलनामा ३ प्रतिशत बजेट फ्रिज भएको छ । अघिल्लो आर्थिक बर्षमा ८०.४४ प्रतिशत बजेट फ्रिज भएको थियो, भने आर्थिक बर्ष २०७२–०७३ मा ८३.७८ प्रतिशत रकम बढि फ्रिज भएको हो ।
यस्तै चालु खर्च तर्फ आर्थिक बर्ष २०७२–०७३मा ९४.७७ प्रशिशत खर्च भएको छ । कुल तिन अर्ब, ८१ करोड, ५१ लाख मध्ये तिन अर्ब, ६१ करोड, ५७ लाख खर्च भएको छ । १९लाख ९४हजार खर्च हुन सकेको छैन् ।
चालु खर्च अर्थात समान्य प्रशासनिक तर्फ अघिल्लो आर्थिक बर्षको तुलनामा झण्डै दुई प्रतिशत कम खर्च भएको छ । अघिल्लो आर्थिक वर्ष २०७१–०७२ मा ९६.४५ प्रतिशत खर्च भएको थियो । अघिल्लो आर्थिक बर्ष ३ अर्ब, ५३ करोड, ५३ लाख मध्ये तिन खर्ब ४१ करोड खर्च भएको थियो ।
यस्तै अघिल्लो आर्थिक वर्षको तुलनमा कञ्चनपुरमा राजस्व संकलन समेत बृद्धि भएको छ । अघिल्लो आर्थिक बर्ष २०७१–०७२ मा ८२ करोड, ९ लाख संकलन भएको थियो । भने, आर्थिक बर्ष २०७२–०७३मा २५ लाख, ९० हजारले बृद्धि भएर एक अर्ब, ७ लाख, ९९ हजार राजस्व संकलन भएको छ । ३१.५५ प्रतिशत राजस्वमा बृद्धि भएको छ । यसैगरि आर्थिक बर्ष २०७२-०७३ मा निर्वाचन क्षेत्र विकास कार्यक्रम तर्फ समेत ५१ लाख, तिन हजार तिनसय ३१ रुपौँया फ्रिज भएको छ । कुल ८२ करोड मध्ये, ७६ करोड, ८९ लाख, ६ हजार ६सय ६८ रुपैँया मात्रै खर्च भएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालय कञ्चनपुरका प्रमुख कोष नियन्त्रक ठाकुर प्रशाद पौडेलले विभिन्न कारणबाट बजेट फ्रिज जाने गरेको बताउनुभयो । प्रमुख कोष नियन्त्रक शर्माका अनुसार बजेटको अख्तियार ढिला आउँनु, कार्यान्वयन विधी प्रकृयामा ढिलाई, सम्बन्धीत कार्यालयको ढिलासुस्ती, ठेकेदारको लार्पबाहि आदि विभिन्न कारणबाट बजेट फ्रिज जाने गरेको छ ।
विभिन्न ८ विकासे अड्डाहरुको बढि रकम फ्रिज भएको छ । कोलेनिका कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार सबैभन्दा बढि रकम कञ्चनपुर भन्सार कार्यालयले फ्रिज भएको छ, एक करोड, एक सय २१ रुपौँया फ्रिज भएको छ । सबैभन्दा कम जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालयको पाँच लाख, ८ सय ९० रुपैया खर्च भएको छ । हरेक बर्ष कञ्चनपुरमा आएको बजेट फ्रिज जाँदा यहाँका स्थानियहरु चिन्तित भएका छन् ।
















प्रतिक्रिया