१० कार्तिक २०८३, मंगलबार

प्रचण्ड निवास लाजिम्पाट पुगे माधव नेपाल, प्रम ओलीको कडा आलोचना

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Madhav-Nepal-Prachanda

काठमाडौं, ३ साउन । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अहम्‌ले दुई पार्टीबीचको गठबन्धन भत्किएको आरोप लगाएका छन् । भाबी प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा पुगेर नेता नेपालले आफ्नो पार्टीका अध्यक्ष ओलीप्रति त्यस्तो आरोप लगाएका हुन् ।

केन्द्रीय कार्यालयको बैठकमा सरकारबाट समर्थन फिर्ता लिएर अविश्वास प्रस्ताव दर्ता गराएपछिको परिस्थितिको समीक्षा गर्ने क्रममा अध्यक्ष दाहालले एमाले नेतासँग भएको कुराकानी जानकारी गराएका थिए । ‘हाम्रा महाराजाका कारण गठबन्धन टुट्यो । हामी र तपाईंहरूलाई दिक्क बनाए । उहाँ (ओली) को अहम्ले गठबन्धन टुट्यो’, एमाले नेता नेपाललाई उद्धृत गर्दै दाहालले भने ।

दाहालका अनुसार नेता नेपाल, अर्का एमाले नेता झलनाथ खनाल र वामदेव गौतम पनि ओलीले सत्ता हस्तान्तरण गर्ने पूर्वसहमति तोडेको भन्नेमा अडिग छन् । ‘ओलीले राजनीतिक बेइमानी गरेको भन्नेमा एमाले नेताहरू दृढ छन्’, दाहालले बैठकमा भने । नेता नेपाल दाहालसँग छलफल गर्न आइतबार लाजिम्पाट पुगेका थिए ।

अन्नपूर्ण पोष्टमा समाचार छ ।