१० कार्तिक २०८३, मंगलबार

कांग्रेसमा दारी र सारीका कारण तहल्का !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

arju-bimalendra

काठमाडौं, ३ साउन । कांग्रेसमा दारी र सारीको प्रसंग पुर्नर्जिवित भएको छ । सभापति देउवालाई केन्द्र बनाएर दारी र सारीको प्रसंग व्यूँझिएको हो । दारी भनेका विमलेन्द्र निधि र सारी भनेको आरजु देउवा हुन् । अहिले कांग्रेस भित्र निधि र आरजुको चकचकी भएको जानकारहरु बाउंछन् । उनीहरु भन्छन् देउवाको एउटा आंखा निधि र अर्को आंखा आरजु हुन् । मुख पनि यी दुई हुनु हातगोडा पनि यिनै हुन् । कांग्रेसमा निधि र आरजु सर्वशक्तिमान भएर उदाएका छन् । देउवाले पनि कुनै पनि निर्णय गर्दा यी दुइलाई सोधेर मात्र गर्छन र देउवाको तर्फबाट पनि यी दुईले नै निर्णय गर्छन

। देउवाले पत्नि आरजुलाई विश्वास गर्नु स्वाभाविक हो तर यावत राजनीतिक काममा आरजुले आफै सभापति हुँ जस्तो गर्न थालेपछि देउवा समूह समस्यामा आएको बुझिन्छ पति देउवा सभापति हुनु अघि म्याडम अगिाडि देखा पर्नुहुन्थ्यो, अहिले देउवाको तर्फबाट उहाले नै निर्णय लिनुहुन्छ । कांग्रेसका एक पीडित नेताको गुनासो हो यो । विमलेन्द्र चाँही देउवा सभापति बनेपछि मात्र हावी बनेका छन् । त्यसअघि देउवा वरिपरीको टिममा खुमबहादुर, पूर्णबहादुर खड्का , बालकृष्ण खाँड, एनपी साउद, प्रकाशशरण महत लगायतका पनि देउवाको टिममा भित्रिया बनेका थिए । जे काम पनि टिम भित्र सल्लाह गरेर हुन्थ्यो ।

पार्टी सभापति चुनाव र संसदीय दलको चुनावमा पनि यही टिमले रणनीति बनाएर गर्ने गरेको थियो । तर, पछि देउवाले कसैको कुरा सुन्न छाडे विमलेन्द्र र आरजुको बाहेक । विगतमा गिरिजाप्रसाद कोइरालाले नोना कोइराला र सुशील कोइराला बाहेक अरुको कुरा नसुनेको भन्दै कांग्रेस भित्र सारी र दारीको उपमा चर्चित भएको थियो । अहिले देउवाको कालमा पनि दारी र सारी चर्चित भएपछि कांग्रेसीहरु भन्छन् दारी र सारीले कहिले नछाडने भयो ।

साँघु साप्ताहिकमा समाचार छ ।