१० कार्तिक २०८३, मंगलबार

राजनीतिमा यसरी सुरु भयो ‘मुसा प्रवृत्ति’को बिगबिगी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

DPM-Kamal-Thapa-Speakingकाठमाडौं, ३ साउन । नयाँ सरकार बन्ने जोडघटाउ सुरु भएपछि अहिले ठूला दलहरुमा विद्रोही र साना दलहरुमा ‘मुसा प्रवृत्ति’ को बिगबिगी हुन थालेको छ ।

केही वर्षअघि तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले आफू नेतृत्वको सरकार छाडेर अर्को सरकार बनाउन फुत्त राजीनामा दिएर हिँड्ने केही मन्त्रीलाइए संकेत गर्दै मुसा प्रवृत्तिको संज्ञा दिएका थिए । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

त्यसबेला उनले लक्षित गरेका प्रमुख पात्र अहिलेका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा थिए ।

सत्ताको डुंगामा प्वाल परेर पानी छिर्ने र डुब्ने अवस्थामा पुगेपछि त्यो डुंगा टालटुल पारेर जोगाउनुको सट्टा अर्को डुंगामा फुत्त हामफाल्ने प्रवृत्तिको रुपमा अर्थ्याइने गरेको छ ।

त्यतिबेला मुसा प्रवृत्तिको नायकको रुपमा चर्चित अहिलेका राप्रपा नेपालका अध्यक्ष थापा भने त्यति बेला ठीक उल्टो अहिले वर्तमान सरकारलाई अन्तिम समयसम्म साथ दिने भन्दै पार्टीबाटै निर्णय गराइसकेका छन् ।

तर, अन्य कतिपय मन्त्रीहरु भने अहिलेको सत्तारुपी डुंगा छोडेर नयाँ गठबन्धनका नेताहरु नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर मन्त्री बनाइदिनुपर्यो भन्दै अनुनय विनय गर्न थालेका छन् ।

प्रधानमन्त्री नै पाउने अवस्थामा माओवादी केन्द्रले अहिलेको सत्ता छोड्नुलाई स्वभाविकरुपमा लिइए पनि अन्य साना दलको कुदाकुदलाई भने राजनीतिक विश्लेषकहरुले अनौठो ठानेका छन् ।