२६ कार्तिक २०८३, बिहिबार

प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पास गराउन माओवादीले थाल्यो छलफल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mao-meeting

काठमाडौँ, २ साउन । नेकपा(माओवादी केन्द्र)ले व्यवस्थापिका–संसद्मा दर्ता गरेको सरकारविरुद्धको अविश्वासको प्रस्तावलाई पारित गर्न विशेष पहल गर्ने भएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा बसेको केन्द्रीय कार्यालयको बैठकले संविधानको व्यवस्था र व्यवस्थापिका–संसद् कार्यसञ्चालन नियमावली, २०७३ अनुसार अविश्वासको प्रस्ताव अगाडि बढ्ने भएकाले त्यसमा पार्टीका तर्फबाट विशेष पहल गर्ने निर्णय गरेको हो ।

प्रवक्ता पम्फा भुसालका अनुसार बैठकमा अविश्वासको प्रस्ताव दर्ता भएपछि भएका गतिविधि एवम् सो प्रस्तावलाई पारित गर्ने विषयमा भएका द्विपक्षीय एवम् बहुपक्षीय छलफलका बारेमा रिपोर्टिङ पेस भएको छ ।

सरकार गठनसम्बन्धी विषय संसद्को कार्यक्षेत्र भए पनि त्यसलाई अतिरञ्जीत ढङ्गले प्रचार गरिएको ठहर गर्दै बैठकले अल्पमतमा पुगिसकेको सरकारले गलत तवरले काम गरेको भन्दै असन्तुष्टि जनाएको छ ।

यस्तै बैठकमा पार्टीमा रिक्त रहेको पोलिटब्युरो, सचिवालय र कार्यालयमा पदपूर्ति गर्नेबारेमा समेत छलफल भए पनि आज कुनै निष्कर्षमा नपुगेको उहाँले जानकारी दिनुभयो । केन्द्रीय कार्यालयको बैठक सोमबार बिहान ८ बजे बस्नेछ । रासस