१ कार्तिक २०८३, आइतबार

गिरान्चौरमा धुर्मुस सुन्तलीसँग माटो खेल्दै मिस्टर नेपाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ginchaur

काठमाडौं । मिस्टर नेपालका फस्ट रनर अप दिपसन भट्टराई न्यानो स्पर्शको टोलीसहित गिरान्चौर पुगेका छन् । धुर्मुस सुन्तली फाउण्डेशनद्धारा निर्माणाधीन एकिकृत बस्ती निर्माणमा श्रमदान गर्न उनी न्यानो स्पर्शको टोलीसँगै गिरान्चौर पुगेका हुन् ।

सामाजीक सञ्जालबाट एकिकृत भएका युवाहरुको समूह न्यानो स्पर्शले गिरान्चौरमा श्रमदानको साथमा स्वास्थ्य शिविर सञ्चालन गरेका छन् । सहयोगी भावना भएका युवाहरुको समूह न्यानो स्पर्शका ४० जना सदस्य गिरान्चौर पुगेका हुन् । युवराज बोहोरा, दिनेश ऐयर, विकास अधिकारी, अरुण शाहिको सक्रियतामा सामाजीक सञ्जालमार्फत एक भएका युवाहरुले विभिन्न सामाजीक काम गरेर न्यानो स्पर्श दिने गरेका छन् ।

अस्थायी टहरामा बसेर काम गरिरहेका कामदार र गाउँले गरी ३ सय भन्दा बढीलाई न्यानो स्पर्शको टोलीले स्वास्थ्य जाँच गरेर औषधी वितरण गरेको छ । टोलीका सदस्यहरुले निर्माणाधीन बस्तीको तीन वटै ब्लकमा छरिएर श्रमदान गरेका छन् । यस्तै, गिरान्चौरमा रहेका भूकम्प पिडितका लागि उनीहरुले साबुन, चिउरा, चाउचाउलगायतका सामग्री पनि वितरण गरेका छन् ।

श्रमदानको साथै स्वास्थ्य शिविरको आवश्यकतालाई बुझेर न्यानो स्पर्शको टोलीले सहयोग गरेकोमा फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले धन्यवाद दिएका छन् ।

श्रमदानको निकै आवश्यकता रहेकाले यस्ता देशभक्त युवाहरुको गिरान्चौरलाई खाँचो रहेको बताएका छन् ।