१० कार्तिक २०८३, मंगलबार

दक्षिण कोरियामा नेपाली कामदार यसरी हुँदै छन् मालामाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Seoul-night-aerial-largeकाठमाडौं, २ साउन । दक्षिण कोरियाले आगामी वर्ष सन् २०१७ का लागि ७.३ प्रतिशतले न्यूनतम पारिश्रमिक वृद्धि गर्ने भएको छ ।

बढेको ज्याला सन् २०१७ जनवरीदेखि डिसेम्बरसम्म लागू हुने श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । कारोबार दैनिकले समाचार छापेको छ ।

अघिल्लो मजदुरको पारिश्रमिकमा ८.१ प्रतिशत वृद्धि भएको थियो । ज्याला वृद्धिले कोरियामा कार्यरत नेपाली उत्साहित भएका छन् ।

न्यूनतम् पारिश्रमिक वृद्धि भएसँगै ईपीएसमार्फत कार्यरत आप्रवासी र तल्लो तहका मूलवासी गरी करिब ३० लाख ५० हजारभन्दा बढी कामदार लाभान्वित हुनेछन् ।

जसले ईपीएसमार्फत आउने १६ मुलुकका कामदार पनि लाभान्वित हुनेछन् ।

सरकार, मजदुर संगठन र व्यावसायिक प्रतिनिधिबीच न्यूनतम् पारिश्रमिक वृद्धि गर्न सहमति भएको हो । यो सहमति आगामी अगष्ट ५ मा संसद्बाट पारित हुनेछ । नयाँ पारिश्रमिक अनुसार मजदुरको ज्याला प्रतिघण्टा ६ हजार ४७० वन हुनेछ ।

यस वर्ष प्रतिघण्टा ६ हजार ३० (५.३१ अमेरिकी डलर) छ । सातामा ४० घण्टा (मासिक २०९ घण्टा) काम गर्ने कामदारले यस वर्षको न्यूनतम मासिक १२ लाख ६० हजार ६८३ मा (९२ हजार २९ वन बढेर) १३ लाख ५२ हजार ७१२ वन (१ लाख २७ हजार ४५० रुपैयाँ) पाउने छन् ।

त्यस्तै सातामा ४४ घण्टा काम गर्ने कामदारले यस वर्षको १३ लाख ६४ हजार १०३ मा (९९ हजार ५७९ वन बढेर) १४ लाख ६३ हजार ६८२ (१ लाख ३७ हजार ९०६ रुपैयाँ) पाउने छन् ।