१० कार्तिक २०८३, मंगलबार

अविश्वासको प्रस्तावसँगै दुई गठबन्धन खतरनाक बाटोमा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oli-pushpa-kamal-dahal-e1441961053945काठमाडौं, २ साउन । प्रधानमन्त्री केपी अलीविरूद्ध नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)सहितका दलले व्यवस्थापिका संसदमा अविश्वास प्रस्ताव दर्ता गरेसँगै प्रमुख दलका दुई गठबन्धन नयाँ सरकारबारे आमनेसामने देखिएका छन् ।

दुवै पक्ष संख्याको खेलमा भन्दा संवैधानिक प्रश्न उठाएर विभाजित छन् । नागरिक दैनिकले समाचार छापेको छ ।

प्रधानमन्त्री ओली र नयाँ सरकार गठनको तयारीमा रहेका कांग्रेस–माओवादी संविधानको धारा २९८ लाई आफू अनुकुल ब्याख्या गरिरहेका छन् ।

दुबै पक्ष आफ्नो पक्षमा परिणाम नआए अप्रिय बाटोतिर अग्रसर हुनेबारे कानुनविदहरूसँग परामर्शमा छन् ।

स्रोतहरूका अनुसार प्रधानमन्त्री ओली आफूमाथि अविश्वासको प्रस्ताव पारित भए राष्ट्रपतिसमक्ष संसद विघटनको सिफारिस गर्नेसम्म विषयमा निकटस्थ र कानुनविद्‌हरूसँग छलफलमा छन् भने कांग्रेस–माओवादीसमेत त्यस्तो अवस्थामा के गर्ने भन्ने विकल्पबारे परामर्समा छन् ।