काठमाडौं, १ साउन । नेकपा (माओवादी केन्द्र)ले सरकार गठन र अबको परिवेशलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल गर्न केन्द्रीय कार्यालयको बैठक बोलाएको छ ।
दिउँसो दुई बजे लाजिम्पाटस्थित अध्यक्ष पुष्पकमल दाहालको निवासमा बैठक बस्नेछ । बैठकमा कांग्रेससँगको गठबन्धनमा बन्न लागेको माओवादी केन्द्र नेतृत्वको नयाँ सरकार र भावी योजनाका विषयमा छलफल हुने एक नेताले बताए ।
एमाले नेतृत्वको सरकार छाडेर कांग्रेससँगको गठजोडमा नयाँ सरकार बनाउने तयारीमा रहेको माओवादी केन्द्रले दैनिक सरह आन्तरिक परामर्श गर्दै आएको छ ।
साउन छ गते संसदमा प्रधानमन्त्री केपी ओलीविरुद्धको अविश्वास प्रस्तावमा छलफल हुने कार्यक्रम छ ।












प्रतिक्रिया