१० कार्तिक २०८३, मंगलबार

उत्यका बाहिरका जुनसुकै सिलिन्डर आजदेखि धमाधम साटिदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gass Cylinderकाठमाडौं, १ साउन । नाकाबन्दीका बेला उपभोक्ताले काठमाडौं उपत्यका बाहिरबाट ल्याएका ग्यास सिलिन्डर काठमाडौंमै साट्न पाउने भएका छन् ।

नेपाल एलपी ग्यास उद्योग संघले साउन १ गतेदेखि उपत्यकाभित्रै निःशुल्क सिलिन्डर साट्न पाउने व्यवस्था गर्दैछ । कारोबार दैनिकले समाचार छापेको छ ।

बिहीबार बसेको संघको बैठकले उपत्यका बाहिरका सिलिन्डर काठमाडौंका विभिन्न ग्यास गोदामबाट साट्ने व्यवस्था गर्ने निर्णय गरेको हो ।

संघका अध्यक्ष शिवप्रसाद घिमिरेले ग्यास उद्योगले काठमाडौं उपत्यकाभित्र मार्केटिङ नगरेका तथा आधिकारिक विक्रेता नभएका सबै ग्यास सिलिन्डर साउन १ देखि ७ गतेसम्म साट्न व्यवस्था मिलाइएको जानकारी दिए ।

‘विभिन्न ग्यास विक्रेता तथा डिपोले सिलिन्डर साट्नका लागि अनावश्यक रकम लिइरहेको गुनासो उपभोक्ताबाट आइरकेको छ’, उनले भने, ‘अब उपभोक्ताले कुनै पनि शुल्क नतिरी सहजै साट्न पाउनेछन् ।’

आपूर्ति मन्त्रालय र संसदको उद्योग वाणिज्य तथा उपभोक्ता समितिले काठमाडौं उपत्यका बाहिरका ग्यास सिलिन्डर साट्ने व्यवस्था गर्न यसअघि उद्योगलाई निर्देशन दिएका थिए ।