२६ कार्तिक २०८३, बिहिबार

मधेसवादी दलको अनसनमा प्रचण्ड, भन्छन्- आफ्नै माइत फर्की आएँ (फोटो फिचर)

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachanda

काठमाडौं, ३१ असार । नयाँ सरकारको नेतृत्व लिन तयार रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसवादी दलको अनसन कार्यक्रममा ऐक्यबद्धता जनाएका छन् ।

संघीय गठबन्धनले महिना दिनदेखि गरिरहेको अनसनमा ऐक्यबद्दता जनाउन खुला मन्च पुगेका प्रचण्डले आफ्नै माइत फर्केर आए जस्तो अनुभव भएको प्रतिक्रिया दिए ।

गठबन्धनका संयोजक उपेन्द्र यादवसँग भलाकुसारी गर्दै मधेशी–जनजाति लगायतले उठाएको पहिचानको एजेन्डा आफ्नो समेत भएकोले नयाँ सरकार गठन लगत्तै सम्बोधन गर्ने आश्वासन दिए ।

यसलाई धेरैले आफ्नै नेतृत्वमा सरकार बनाउन मधेसको समर्थन लिने प्रचण्डको रणनीतिका रुपमा हेरेका छन् ।

Prachanda-1 Prachanda-2

फोटोः महेस चौरासियाबाट ।