१ कार्तिक २०८३, आइतबार

नयाँ टेस्टी दर खाने हिरामायाँको कस्तो रहर ? (भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hira6

काठमाडौं । नेपाली संगित क्षेत्रमा निरन्तरको संघर्ष संगै छोटो समयमा आफूलाई चर्चित बनाउन सफल गायिका हुन् हिरामाया बाईवा ।

संगित क्षेत्रमा लाग्ने सानैदेखि रुचि लिएर अघि बढेकी उनी २०६७ सालबाट औपचारिक रुपमा नेपाली सांगितिक क्षेत्रमा पाईला चालिन् । उनले हालैमात्र नेपाली नारीहरुको महान् पर्व हरितालिका तीजको गित सार्वजनिक गरेकि छन् ।

टेस्टी टेस्टी दर चाहियो बोलमा रहेको रमाईलो तीज गित उनले सार्वजनिक गरेकि हुन् । दिनेश सुबेदीको शब्द रहेको उक्त गितमा हिरामाया बाईबालाई गायनमा बाबुल गिरीले साथ दिएका छन् । स्मृति तिमिल्सिनाको निर्देशन रहेको गितको छायांकन भृकुटीमण्डपको रमणीय दृश्यमाझ गरिएको छ ।

परार पनि खाईयो दर, पोहोर पनि खाईयो, यसपाली त नयॉ नौलो टेस्टी दर चाहियो भन्दै गायिका हिरामाया स्वयम आफू पनि नृत्य गरेकि छन् । गित निकै राम्रो रहेको बताउँदै हिरामायाले सबै दर्शक श्रोतालाई गीत हेरेर–सुनेर प्रतिक्रिया दिन अनुरोध गरेकी छन् ।

हेर्नुस् भिडियोः

https://www.youtube.com/watch?v=J8kCPm8x2Sk