२६ कार्तिक २०८३, बिहिबार

ओली सरकार निरन्तरताको माग गर्दै युवाहरु सडकमा (फोटो फिचर)

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

im-with-kp-1

पोखरा, ३१ असार । नेकपा माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको केपी शर्मा ओली नेतृत्वको सरकारको निरन्तरता माग्दै युवाहरु सडकमा उत्रिएका छन् ।

शुक्रबार विहान पोखरामा समृद्धिका लागि युवा अभियानले राजनीतिमा स्थिरताका लागि ओली सरकारको निरन्तरताको हुनुपर्ने माग राख्दै र्याली समेत निकालेका छन् ।

सत्तामोह छोड, देश विकासमा जोड, २५ वर्षमा २६ वटा सरकार, युवाको एउटै बोली विइ आर विइथ केपी ओली, आई एम वीथ केपी ओली लगायतका प्लेकार्ड बोकेर युवाहरुले नारा लगाएका थिए ।

समृद्धिका लागि युवा अभियानका संयोजक सुशान्त घिमिरेले सत्ता परिर्वनका कारण देश विकास हुन नसेको भन्दै सबै दललाई खबरदारि गर्न र्याली निकालेको बताए ।

यसैबीच आजै दिउँसो राजधानीको माइतीघर मण्डलामा स्वतन्त्र युवाहरु भेला भइ ओली सरकारको निरन्तरताका लागि प्रार्थना गर्ने तयारीमा छन् ।

im-with-kp  im-with-kp-2 im-with-kp-5im-with-kp-3 im-with-kp-4